जेष्ठ ६, २०८१ आईतबार

युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं । ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुग्नुभएका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारी चालकका रूपमा पुग्नुभएको थियो । सोही क्रममा उहाँ जेल पर्नुभएको हो । उहाँ निर्दोष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।

कामको सिलसिलामा भारत पुग्नुभएका दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पु¥याएको अभियानले जनाएको छ । जेलमा रहेका अमरलाई स्वदेश फर्काउन पहल थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताउनुभयो । प्रसाईंले आफूले बमको रिहाइका लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले केही महिनाअघि नै युएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।”

कार्यक्रममा वैज्ञानिक कपिल पौडेल, समाजसेवी जेरी ताम्राकारलगायतले अमरलाई तुरुन्त नेपाल फर्काउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]