बैशाख १४, २०८१ शुक्रबार

गोर्खाको सद्भावना दुतमा प्रणित र सरोज नियुक्त

बिर्तामोड । गोर्खा फाउण्डेशन बिर्तामोडले झापा धुलावारीका प्रणित पुडासैनी र बिर्तामोडका सरोज खरेललाई सद्भावना दुत नियुक्त गरेको छ ।

फाउण्डेसनले ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टका प्रवन्ध निर्देशक पुडासैनी र कार्यकारी निर्देशक खरेललाई ०७७ असोज मसान्त सम्मका लागि सद्भावना दुतको रुपमा नियुक्त गरेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । फाउण्डेशनका प्रवन्ध निर्देशक र सद्भावना दुत विच आज सम्झौता भएको हो ।

मोफसलमा रहेर मनोरञ्जनको क्षेत्रमा ख्याती कमाइरहेका पुडासैनीले हालै वेस्ट फेसन कोरियोग्राफरको अवार्ड समेत जितेका छन् । बिर्तामोडमा ड्रिम्स वल्र्ड स्थापना गरेर विभिन्न प्रतियोगिता गर्दै आएका पुडासैनी र खरेललाई सद्भावना दुत नियुक्त गर्न पाएकोमा फाउण्डेशनका प्रवन्ध निर्देशक वीर बहादुर दर्नालले गौरव महसुस भएको जानकारी दिए ।

सद्भावना दुतलाई वार्षिक रुपमा १ लाख ५० हजार उपलब्ध गराउने गरी भएको सम्झौतामा दुतले फाण्डेशनले सञ्चालन गरिरहेको गोर्खा टेलरिङको प्रमोट गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । गोर्खाबाट उत्पादित पोशाकको प्रवद्र्धन गनुपर्ने र ड्रिम्सको हरेक प्रतियोगितामा गोर्खा स्वतः प्रमोटरको रुपमा राख्नुपर्ने सम्झौता भएको छ ।

तिन वर्षअघि स्थापना भएको गोर्खा फाउण्डेशनले स्थापनाकालदेखि सामाजिक सेवासँगै नेपाली पोशाक तयार गर्दै आएको छ । फाउण्डेशनले झापामै पहिलो पटक यसरी सद्भावना दुत राख्ने अभ्यासको थालनी समेत गरेकोमा प्रसंशा गरिएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]