बैशाख २५, २०८१ मंगलबार

कसले दियो कट्टेल परिवारको जग्गामा अनाधिकृत संरचना बनाउने अधिकार ?

बिर्तामोड । झापाको अर्जुनधारा– ५ (लक्ष्मीपुरस्थित घाग्रा पुल उत्तर) मा रहेको डिल्लीराम कट्टेल परिवारको जग्गामा अनाधिकृत रुपमा संरचना बनाउने प्रयास भएको छ । बिहीबार (आज) अनाधिकृत संरचना बनाउदै गरेको थाहा पाएपछि कट्टेलले स्थानीय प्रशासनको सहयोगमा रोकेका छन् ।

सोही ठाउँ बस्ने गोपाल कृष्ण थापाको निर्देशनमा संरचना बनाउने प्रयास भएको बुझिएको छ । उक्त जग्गामा बाँस लगेर जग्गा रोक्न खेमनाथ दर्जी सहितको समूह लागिपरेको थियो । दर्जीका अनुसार थापाले उक्त जग्गामा संरचना बनाउन भनेका थिए । दर्जीसँगै लक्ष्मी याख्खा समेत पुगेका थिए ।

कित्ता नं. ३३५३ को जग्गा गजाधर कट्टेलको नाममा रहेको श्रेस्तामा देखिन्छ । उनका छोरा डिल्लीराम कट्टेलका अनुसार जमिनको कुल क्षेत्रफल १ विगा ४ कठ्ठा रहेको छ । कट्टेल परिवारलाई मदन बहादुर बस्नेतले प्रदान गरेको उनका छोरा सुशिल बस्नेतले जानकारी दिए ।

ग्यारेजका लागि संरचना बनाउन तयारी गरेको भन्दै दर्जी समूहले बाँससहितका सामग्री लिएर त्यहाँ पुगेका थिए । काम विशेषले जिल्ला अदालत भद्रपर पुगेका कट्टेल सो सूचना थाहा पाउन साथ फर्किएका थिए । उनलाई अनाधिकृत संरचना बनाउन लागेको समूहले जवरजस्ती एैलनी जग्गा भएको दावी गरेका छन् । उनीहरुले थापा र स्थानीय राजनीतिक दलहरुको सल्लाहमा त्यहाँ संरचना बनाउन लागेको बताए ।

कट्टेलले आफ्नो जग्गामा अनाधिकृत संरचना बनाउन लागेको बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई समेत जानकारी गराएका थिए । त्यस पश्चात उनले बिर्तामोड प्रहरीलाई सो घटना बारे जानकारी दिए पछि प्रहरी जमिन भएको ठाउँ पुगेको थियो ।

कट्टेल परिवारको धनिपुर्जा

संरचना निर्माण रोकेपछि दुवै पक्ष इलाका प्रहरी कार्यालय अनारमनी पुगेको थियो । संरचना निर्माण स्थलमा दर्जी समूहले कट्टेललाई जग्गाको कागजात देखाउन भनेका थिए । इलाकामा जग्गाको कागजात देखाएपछि पनि दर्जी समूहले मालपोतमा पुगेर हेरेपछि मात्रै विश्वास गर्ने जनाएको छ । आफ्नो जग्गाको कागजात देखाए, कट्टेलले भने – उहाँहरुले कसको आडमा संरचना बनाउने प्रसाय गर्नुभयो । यो हदैसम्मको नाजायज काम भएको छ । मेरो जमिनमा उहाँहरुले गर्न खोजेको काम दादागिरी हो ।

यता, संरचना बनाउन प्रयास गर्ने दर्जी समूहले कट्टेलसँग थापालाई झिकाएर यथार्थ कुरा क्लियर गर्न भनेको छ । कट्टेलले त्यो काम आफ्नो सरोकारको विषय नभएको प्रतिक्रिया दिएका छन् । मेरो जग्गामा कसैको अधिकार हुँदैन, कसले बनाउन निर्देशन दियो त्यसलाई भेट्ने काम उनीहरु कै हो, उनले थपे ।

उक्त जग्गामा दुई वर्षअघि थापा र कट्टेल परिवार बिच विवाद भएको थियो । कट्टेलले अर्जुनधारा नगरपालिकाको न्यायिक समितिमा उजुुरी गरेपछि जमिनको विवाद समाधान भयो । सोही विवादलाई बल्झाएर दुख दिने प्रयास भएको कट्टेलको बुझाई छ । कट्टेलले संरचना निर्माणका लागि ल्याइएका सबै सामग्री तत्काल हटाइदिन आग्रह समेत गरेका छन् ।

अनाधिकृत संरचना बनाउन प्रयास गर्ने समूहसँग आएका अर्का एक व्यक्तिले आफुहरुको ठुलो लगानी भइसकेको दावी गरेका छन् । सुकुम्बासीहरु राख्ने उद्देश्यसहित उक्त प्रयास भइरहेको उनीहरुको भनाईमा बुझिन्छ ।

अर्काको जग्गामा विना सोधखोज गरी संरचना निर्माण गर्ने समूहका बारेमा खोजी गरी कारवाही अघि बढाइने प्रशासनको तयारी छ ।

यता, गोपालकृष्ण थापाले संरचना निर्माण बारे आफुलाई केहि पनि जानकारी नभएको बताएका छन् । उनले विगतमा उक्त जग्गामा विवाद भएको साँचो भएको इजलाससित बताए । पहिले हामीले नै कमाएको जग्गा हो, विवाद पनि भयो, थापाले थपे – पछि जग्गाको धनिपुर्जा अर्कैको नाममा भएको थाहा भएपछि थप चासोको विषय बनेन । मैले अर्काको जग्गामा संरचना बनाउन भन्न मिल्दैन, भनेको पनि छैन ।

प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]