असार १५, २०८२ आईतबार

प्रहरीलाई रोशनी शाहीको लिखित जानकारी– सभामुखद्वारा ममाथि यौन दुर्व्यवहार भएको छैन

काठमाडौं । पीडित भनिएकी रोशनी शाहीले आफूमाथि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूमाथि दुर्व्यवहार नगरेको बताएकी छिन् ।

महरामाथि संसद सचिवालयमा कार्यरत शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगोपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, शाहीले पछिल्लो समय आफूमाथि महराले त्यस्तो दुर्व्यवहार नगरेको बताएकी छिन् ।

उनले प्रहरीलाई महराबाट आफूमाथि कुनै दुर्व्यवहार नभएको जानकारी गराइएकी छिन् । तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधवार साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराएकी हुन् ।

‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ,’ शाहीले प्रहरीलाई भनेकी छिन्, ‘मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।’

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । नागरिक खवरबाट

प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]