बैशाख १४, २०८१ शुक्रबार

हल्दिबारी माविको स्वर्ण महोत्सवमा दाताहरुलाई सम्मान

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सहयोगदाताहरुलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साप्ताहिक महोत्सवमा आज एक भव्य समारोहका बीच सहयोग दाताहरुलाई सम्मान गरिको हो ।

विद्यालयले संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलाई अभिनन्दनका साथै ५० हजार रुपैयाँभन्दा बढी प्रदान गर्ने दाताहरूलाई सम्मान गरेको थियो ।

प्रदेशका नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले यद्घाटन गरेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईले गरेका थिए । साथै लोकप्रिय गायिक मेलिना राईको सांगीतिक प्रस्तुति रहेको महोत्सव उद्घाटन समारोहमा संविधानसभा सदस्य मोहन टुडु, झापा क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य छविलाल चूडाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो थियो ।

महोत्सव उद्घाटनका अवसरमा विद्यार्थीहरुले विभिन्न जातीय झाँकीहरु, सांस्कृतिक प्रस्तुतिहरु र विज्ञानको सामग्रीको प्रदर्शनी गरेका थिए ।

सहायक प्रधानाध्यापक तुलसीप्रसाद कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रधानाध्यापक टंकबहादुर पाख्रिनले स्वागत स्वागत गरेका थिए ।

कक्षा १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल १३२० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेका छन् । विद्यालयमा प्राविधिक शिक्षाको बाली विज्ञान विषय पनि पढाइ भइरहेको छ ।

 

प्रकाशित मिति : पुष १, २०७९ शुक्रबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]