जेष्ठ १, २०८२ बुधबार

मिलको मुल्यका आधारमा धान खरिद

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेपछि किसानहरु व्यापारीलाई दिन गर्न बाध्य भएका छन् । सरकारले तोकेको समर्थन मुल्यमा धान विक्री गर्न किसानले सकिरहेका छैनन् । सरकार आफैले गरेको निर्णय कार्यान्वयन समेत गर्न नसकेको किसानहरुको भनाई छ ।

विक्रीका लागि तयार गरिएको धान खाद्यमा विक्री गर्न नपाएका किसानहरु व्यापारीकै मुल्यमा धान विक्री गर्न थालेका छन् । व्यापारीहरुले चामल मिलको मुल्यका आधारमा किसानको धान खरिद गरिरहेका छन् । बिर्तामोड –३ का व्यापारी दिपेन्द्र साहले सरकारले निर्धारण गरेको समर्थन मुल्यमा धान खरिद गर्न नसक्ने बताउँछन् । उनले किसानबाट मिलको मुल्यका आधारमा किसानको धान खरिद गर्दै आएको जानकारी दिए ।

बिर्तामोडमा तीन दशकदेखि धान खरिद गर्दै आएका साहले भने – हामीलाई मिलले दिने मुल्यको आधारमा किसानसँग धान खरिद गर्छौं । हामीले मिलबाट पाउने मुल्य नै धान खरिदका लागि आधार मानेर काम गरिरहेका छौं ।
उनका अनुसार रन्जित धान २७०० प्रति क्विन्टल, सर्ना २६०० र मोटा धान २३०० ले खरिद गर्ने गरिएको छ ।

सरकारलाई सिधैं धान विक्री गर्न सकिदैन, त्यसैले मिललाई धान विक्री गर्नुपर्ने भएकाले मिलकै मुल्यका आधारमा मुल्य निर्धारण गरिएको हो, साहले भने । उनीहरुले मख्खन र भद्रपुर एग्रोलाई धान विक्री गर्दै आएको जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकेको छ ।

मेचीनगरस्थित धाइजनमा रहेको सुर्य एग्रोले किसानबाट रन्जित धान प्रति क्विन्टल २९ सयमा खरिद गरिरहेको जनाएको छ । सुर्य एग्रोका सञ्चालक संजय मिण्डाले अहिले रन्जित धान मात्रै खरिद गरिरहेको जानकारी दिए । अहिले धान राम्रोसँग सुकिसकेको छैन, राम्रो सुकेपछि धानको मुल्य बढिहाल्छ, उनले भने ।
सरकारले तोकेको मुल्यमा खाद्यले धान खरिद गर्नुपर्ने भन्दै किसान संघ संगठनहरु आन्दोलनरत छन् । यता, खाद्यले चाँडो धान गरिद गर्दा धानमा गुणस्तर नहुने जनाएको छ ।

प्रकाशित मिति : पुष ३, २०७९ आईतबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]