बैशाख २६, २०८१ बुधबार

जामुनखाडीमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पथरी फुटबल क्लव विजयी

कनकाई । पूर्वकै प्रसिद्ध पर्यटकीय स्थल झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा संचालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आज पथरी फुटबल क्लव विजयी बनेको छ ।

पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लव बीच भएको आजको खेलमा निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट भएको आयोजक समितिका सदस्य सुलभ भण्डारीले बताए । आयोजक समितिका सदस्य भण्डारीले दिएको जानकारी अनुसार पथरी फुटबल क्लवले ५—४को गोल अन्तरले शनिश्चरेमाथि विजय हाँसिल गर्यो । खेलको म्यान अफ द म्याच पथरीका मन्जील खड्का घोषित भए । उनले नगद २ हजार सहित ट्रफी प्राप्त गरे ।

भोली सोमबारको खेल ए.पी.एफ.पकली र रोलिङ्ग धुलाबारी विच हुने आयोजक समितिका सदस्य विनोद रानामगरले जानकारी दिएका छन् ।

स्थानीय युवा फुटबल खेलाडी हर्क राईको ४१ बर्षको अल्पायुमा भएको निधनका कारण उनकै स्मृत्तिमा जामुनखाडी स्पोर्टिङ् क्लव एवं जामुनबारी सामुदायिक वन समूहको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वासका साथ जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा प्राकृतिक रङ्गशालाको अवधारणा अघि सारेको कनकाई—२ का वडाअध्यक्ष बलराम राईले बताएका छन् ।

खेलमा प्रथम हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ५५ हजार रुपैँया साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका खेल संयोजक गणेश गिरीले जानकारी दिए ।

प्रकाशित मिति : पुष ३, २०७९ आईतबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]