बैशाख १२, २०८१ बुधबार

हल्दिबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट : वडाध्यक्षकै रोहबरमा शिक्षकलाई उन्मुक्ति

हल्दिबारी । हल्दिबारी गाउँ पालिका –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपटि गर्ने शिक्षकलाई वडाअध्यक्षकै रोबहरमा बसेको छलफले सहमति गराएर उन्मुक्ति दिएको हो ।

शिक्षकद्वारा सोधिएको प्रश्नको उत्तर विद्यार्थीले नजाने पछि चार जना विद्यार्थीलाई प्रति विद्यार्थी ३४ भाटाका दरले विद्यार्थीलाई पिटेको उज्यालो गोलधाप बालक्लबका अध्यक्ष अनुप शङ्करले जानकारी दिएका छन् । शिक्षकद्वारा पिटिएका चार जना विद्यार्थीहरु मध्ये एक जना विद्यार्थीको पछाडिको भाग पूरै निलो भएको छ ।

शुक्रबार कक्षा – ७ मा पढ्ने १४ वर्षीय राज पौडेललगायतका विद्यार्थीलाई सोही विद्यालयका शिक्षक मौषम पाण्डेले निर्घात कुटपिट गरेका हुन् ।

आइतबार अभिभावकले आवाज उठाएपछि आज दिउँसो विद्यालयका प्रिन्सिपल प्रभात खरेल र वडा अध्यक्ष देवी थापाको नेतृत्वमा छलफल गरी विद्यार्थीको उपचार गर्ने सहमति गराएर पिडक र पिडित बीच मेलमिलाप गराइएको छ । त्यसै गरी उक्त शिक्षकलाई विद्यालयबाट बर्खास्त गरिको जानकारी प्रिन्सिपल प्रभात खरेल दिएका छन् ।

संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको भए तापनि वडा अध्यक्ष कै रोहबरमा उपचार गर्ने सहमति गरिएको छ ।

विद्यार्थी कुट्ने शिक्षक बिरुद्ध जाहेरी परे कानुन अनुसार कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताएका छन् ।

प्रकाशित मिति : पुष ४, २०७९ सोमबार  ३ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]