चैत्र १६, २०८० शुक्रबार

चारआली जंगलमा भेटिएको शवको पहिचान खुल्यो

बिर्तामोड । झापाको चारआलीस्थित जंगलमा मृत फेला परेको शवको पहिचान खुलेको छ ।

उक्त अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र निजकी श्रीमतीको शव रहेको प्रहरीले जनाएको छ ।

पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ बर्षीय इङ्नाम र नाम खुल्न बाँकी उनकी श्रीमतीको शव फेला परेको इलाका प्रहरी स्रोतले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी हुनुका साथै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : पुष ४, २०७९ सोमबार  ६ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]