बैशाख १३, २०८१ बिहीबार

विद्यार्थीमाथि निर्घात कुटपिटको घटना : कानुनी कारबाहीको बदलामा मेलमिलाप

हल्दीबारी । हल्दिबारी गाउँपालिका –१ गोलधाप बजारमा रहेको चिल्ड्रेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकले शुक्रबार विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको घटनालाई मेलमिलापबाटै मिलाइएको छ । शिक्षकले सोधेको प्रश्नको उत्तर नदिएको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपटि गरेका थिए ।

शिक्षक मौसम पाण्डेले कक्षा –७ मा अध्ययनरत विद्यार्थीहरु राज पौडेल, सेवक सापकोटा, दीक्षा चौधरी र अनुष्का अधिकारीलाई निर्घात कुटेका थिए । उनले विद्यार्थीहरुले उत्तर नजाने दिन नसक्दा हरेक विद्यार्थीलाई ३४ भाटाका दरले कुटेको बुझिएको छ ।

शिक्षक पाण्डेले विद्यार्थीहरुलाई पिटेको कारणले विद्यार्थीहरुको शरीरमा निलडाम बनेको छ भने एक जना विद्यार्थीको स्वास्थ्य अवस्थामा समेत असर परेको छ । शिक्षक पाण्डेको कुटाईका कारण १४ वर्षीय विद्यार्थी राज पौडेलले अस्पतालसम्म जानुपर्यो । पाण्डेको कुटाईबाट विद्यार्थी पौडेलको पुट्ठो निलो भएको छ । जसकारण विद्यार्थीलाई बस्नसम्म समस्या भएको छ ।

गत शुक्रबार विद्यार्थीमाथि निघार्त कुटाई भएको दुई दिनसम्म पनि विद्यालयले उक्त घटनामा कुनै चासो नदेखाए पछि आइतबार अविभावकले विद्यालयमा खबरदारी गरेका थिए । अविभावकको खबरदारी पश्चात विद्यालयले नानीको उपचार गर्न पहल गरेको थियो ।

सोमबार जसोतसो प्रहरी चौकी गोलधापमा अविभावक, जनप्रतिनिधि र विद्यालयबीच वार्ता बस्यो । उक्त छलफलले केही सहमति गर्दै नाबालकमाथि भएको निर्घात कुटपिट जस्तो जघन्य अपराधलाई वडा अध्यक्षकै रोहबरमा मेलमिलाप गराएको छ ।

उक्त छलफलले विद्यार्थीलाई कक्षा १२ सम्मको पढाई निःशुल्क गर्ने, विद्यालयले उपचार गरिदिने र पछि पनि शुक्रबारको कुटाईको कारण केही असर गरेमा विद्यालय जवाफदेही हुने लगायतको सहमति गराएर मेलमिलाप गरेको हल्दीवारी –१ का वडा अध्यक्ष देवी थापाले बताएका छन् । त्यसै गरी उक्त शिक्षकलाई विद्यालयबाट बर्खास्त गरिको जानकारी प्रिन्सिपल प्रभात खरेल दिए ।

बालबालिकामाथि विद्यालयमा भएको कुटपिटको भत्र्सना गर्दै उज्यालो बालक्लबले प्रेस विज्ञप्ति सार्वजकि गरेको छ । क्लबका अध्यक्ष अनुप साशंखरले विज्ञप्ति सार्वजनिक गर्दै विद्यार्थीमाथि भएको कुटपिट घटनाको भत्र्सना गरेका छन् । उनले पीडकले कानुन अनुसार कारवाही पाउनुपर्ने माग राखेका छन् ।

विद्यार्थी कुट्ने शिक्षक बिरुद्ध जाहेरी परे कानुन अनुसार कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताएका छन् ।

नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ । तर, चिल्ड्रेन गार्डेन एकेडेमीमा विद्यार्थीमाथि भएको निर्घात कुटाईको घटना मेलमिलाप गराइएको छ ।

प्रकाशित मिति : पुष ५, २०७९ मंगलबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]