बैशाख ८, २०८१ शनिबार

बिस्थापनको सङ्घारमा मुडा व्यवसायी

गगन ढकाल

झापा । मेचीनगर १२ र अर्जुनधारा १० मा पर्ने कालिझोडाका करिब एक सय घर परिवारले साना ठूलो व्यवसाय गर्दै मुडा उत्पादन गर्दै आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन् । यहाँ उत्पादिप मुडा काठमाडौं, बिराटनगर, पोखरा, बिरगञ्ज भैरहवा र धरान लगायतका सहरहरु र अन्य ग्रामीण भेगमासमेत बिक्रि हुँदै आइरहेका छन् ।

अहिले मुडा व्यवसाको बजार खस्किएकाले व्यवसायीहरुलाई टिक्न हम्मे–हम्मे परिरहेको छ । प्रति गोटा रु. दुई सयमा बिक्रि हुँदै आइरहेका मुडा हाल प्रतिगोटा एक सयमा पनि बिक्रि हुन गाह्रो परेको व्यवसायीहरुले बताएका छन् ।

स्थानीय मुडा व्यवसायी व्यवसायी पदम बहादुर राईले आर्थिक मन्दिको कारण सस्तोमा बेच्नपर्ने बाध्यता रहेको बताएका छन् । उनी भन्छन् ‘ ऋणको कारणले किस्ता तिर्नै भए पनि सस्तोमा बेच्न हामी बाध्य भएका छौँ, त्यही पनि बिक्रि छैन ।’, उनी भन्छन् ‘उत्पादन भएका मुडा धेरै छन् तर बजारमा बिक्रि भने न्यून रहेको छ ।’

त्यसै गरी ८० वर्षीय मुडा व्यवसायी कृष्ण कुमारी राईले व्यवसायले पहिले राम्रो आम्दानी दिएको तर अहिले व्यवसाय खस्केको बताएकी छिन् । उनी भन्छिन् ‘सबै कुराको महँगी बढेको छ आम्दानी छैन, पेट कै लागि भए पनि दुःख गर्नु पर्ने भएको छ । व्यवसायको आम्दानी चौपट भएको छ ।’

बिगतका वर्षहरुमा मुडा व्यवसायबाट रामै आम्दानी हुने गरेको तर पछिल्लो समय बिचौलियाहरुको कारण उनीहरु मारमा पर्ने गरेको उनीहरुले बताए । यस्तै रहिरहे अब यो व्यवसायबाट नै बिस्तापित हुने उनीहरुले बताएका छन् ।

राज्यले अन्य व्यवसायहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएको तर मुडा व्यवसायलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यक्रम नल्याएको भन्दै उनीहरुले गुनासो गरेका छन् । स्थानीय मुडा व्यवसायी लक्ष्मी अछामी बताउँछिन् ‘हामीले राज्यलाई कर तिरेका छौँ तर राज्यले हामीलाई केही हेरेको गरेको छैन ।’

प्रकाशित मिति : पुष ६, २०७९ बुधबार  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]