बैशाख २२, २०८१ शनिबार

दशैंमा प्राध्यापकलाई तनाव : तलव माग्दा निष्कासनको पत्र

सुरुङ्गा । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कार्यरत प्राध्यापकहरुले ८ महिनादेखि आफ्नो तलव नपाउँदा यसबर्षको दसैँ खल्लो भएको छ ।

क्याम्पस संचालक समितिले त्यहाँ कार्यरत ४७ प्राध्यापक र कर्मचारीलाई गत बर्षको चैत्रदेखिको तलव नदिएर रोकेर राखेको पब्लिक क्याम्पस प्राध्यापक संघ कनकाईका अध्यक्ष हरिप्रसाद तिम्सिनाले बताए । यसअघि प्राध्यापक संघले प्राध्यापकको तलव दिन र अन्य क्याम्पस सुधारका विभिन्न ४ सुत्रीय माग राखेर ज्ञापन पत्र बुझाउँदा क्याम्पस प्रमुख र संचालक समिति अध्यक्षले क्याम्पस प्रमुखले भनेको नमानेको र क्याम्पसको नियमित मिटिङमा सहभागी नभएको भन्दै तिम्सिनालाई असोज १६ गतेदेखि लागु हुने गरी क्याम्पसबाट निष्कासन गरिएको पत्र थमाइएको तिम्सिनाले बताएका छन् ।

दसैँको मुखमा तलव पाउने आशमा रहेका सबै प्राध्यापकहरु आफ्ना अध्यक्षलाई नै हटाएर सबै कर्मचारीको मान मर्दन गरेको प्राध्यापक संघका उपाध्यक्ष ठाकुरप्रसाद रसाइलीले बताए । क्याम्पस संचालक समितिका क्रियाकलाप प्रति असहमति राख्दै यसअघि संचालक समितिका कोषाध्यक्ष सहित ६ जना सदस्यहरुले सामुहिक राजीनामा दिएपछि कोषाध्यक्षको अनिवार्य चेक चल्नुपर्नेमा गाउँकै सहकारीमा खाता खोलेर गैर कानुनी तरिकाले क्याम्पस प्रमुख र अध्यक्षले चेक काटेर रकम खर्च गरी क्याम्पस टाट् पल्टिएको प्राध्यापक संघले जनाएको छ ।

अल्पसङ्ख्यक रुपमा रहेको क्याम्पस संचालक समितिले आफुखुसी सदस्य मनोनयन गरी सहकारीबाट कारोवार गरि क्याम्पस टाट पल्टाएको आरोप क्याम्पस प्राध्यापक संघको छ । क्याम्पस प्रशासनले भने क्याम्पसमा बढी विवाद निम्तेपछि दसै र तिहार सहितको बिदा दिएको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]