बैशाख २२, २०८१ शनिबार

वृद्धभत्ता थाप्न सास्ती

लीलाराज झापाली

सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका जेष्ठ तथा अपाङ्ग र एकल महिलाहरुले वृद्धभत्ता थाप्दा सास्ती खेप्नु परेको छ ।

सरकारले दिने चौमासिक वृद्ध भक्ता लिन ३ दिनसम्म धाउनु परेको वृद्धवृद्धाले बताएका छन् । कनककाई नगरपालिकाका ९ वटा वार्डका वृद्धवृद्धालाई यस क्षेत्रका विभिन्न (क) बर्गका सनराईज, एनआइसी एसिया, नेपाल बैँक , सिद्धार्थ, कृषि विकास लगायतका बैँकबाट भक्ता ब’झ्ने व्यवस्था मिलाइएको छ । भिडभाडले गर्दा दैनिक सयौको सङ्ख्यामा लाइनमा वृद्धवृद्धा बसेर वृद्धभक्ता झिक्नु परेको हो ।

कतिपय वृद्धवृद्धाले आफुले पाउने १२ हजार लिन सिटी रिक्सामा चढेर पटक पटक धाउदा र खाजा खादा आफ्नो आधा रकमै सकिएको गुनासो गरेका छन् । कनकाई नगरपालिका ८ र ९ वडा वाहेकका सबै वृद्धवृद्धालाई सुरुङ्गा क्षेत्रका खुलेका वैँकमा खाता खोलिएको कारण चम्पापुर, चप्रामारी, टेक्रा लालपानी, दुर्गापुर, सुकेडागी लगायातका क्षेत्रबाट वृद्धवृद्धाहरु सिटी रिक्सामा चडेर वृद्धभक्ता लिन आउने गरेका छन ।

ती क्षेत्रबाट सुरुङ्गा आउन एकमात्र विकल्प सिटी रिक्सा मात्रै हो । कनकाई–६ चम्पापुरबाट आफु विरामी भएकोले नाती समेत साथमा लिएर आउनुभएकी ७१ वर्षीया आमतीदेवि कुमाल बिहान ७ बजेदेखि बैँकको ढोकामा लाईन लाग्दा पनि दिउसो ३ बजेसम्म पालो नआएको बताउनुभयो । पैसा लिन लाइनमा बस्नुपर्दा साहैँ सास्ती खेप्नुपर्यो जीवनमा कहिल्यै नपाएको हैरानी वृद्धभक्ता थाप्दा खेप्नुपर्यो कुमालले भन्नुभयो ।

कनकाई ५ तुलसीवारीका ७७ बर्षीया धननारायण श्रेष्ठ आफु पनि वृद्धभक्ता पाउने आशमा विहान ७ बजेदेखिनै लाईनमा पालो कुरेर वस्दा पनि २ बजेसम्म पनी पालो नआएको बताउनुभयो । बैकबाट पैसा झिक्न सम्बन्धित मान्छे आफै उपस्थित हुनुपर्ने नियम बनेपछि कनकाईका वृद्धवृद्धाले सुविधाभन्दा वढी सास्ती भोग्नु परेको हो ।

प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]