जेष्ठ ८, २०८१ मंगलबार

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसताक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले शिवसताक्षी –८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किशोर बहादुर मगरले वितरण गरेका हुन् । झिलझिले माविका कक्षा १ देखि ६ सम्ममा छात्र छात्रालाई जाडोमा विद्यालय आउन सहज होस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष मगरले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद खनालले अधिकांस सामुदायिक विद्यालयहरुमा गरिब तथा विपन्न परिवारका छोरा छोरीहरुले अध्ययन गर्ने भएकाले जाडोको समयमा विद्यालय आउन असहज हुने बताए । जाडो समयमा सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवासयी संघले विद्यार्थीलाई सुइटर वितरण गरेर उनीहरुको अध्ययनमा सहयोग पु¥यायएको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।

त्यसैगरी संस्थाले आउँदो मंगलबार शिवसतक्षी –४ स्थित कनकाई प्राथमिक विद्यालयका ६५ जना छात्र छात्रलाई पनि न्यानो कपडा वितरण गर्ने जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम ढुंगाना, प्रधानाध्यापक ख्यामराज निरौला,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका लेखा समिति संयोजक मिलन राईले गरेका थिए ।

प्रकाशित मिति : पुष ९, २०७९ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]