जेष्ठ ५, २०८१ शनिबार

राष्ट्रपतिले दशैको टीका दिउसो १ बजेदेखी लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहणका लागि असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिअनुसार सम्माननीयहरू, माननीय उपप्रधानमन्त्रीहरू, प्रदेश प्रमुखहरू, मन्त्रीहरू, न्यायाधीशहरू, सङ्घीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्मको समय व्यवस्था गरिएको छ ।


त्यस्तै अन्य इच्छुक सर्वसाधारणका लागि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म टीका प्रसाद ग्रहणको कार्यक्रम राखिएको र त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत विज्ञप्तिमा सबैमा जानकारीका लागि उल्लेख छ ।

प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]