बैशाख २०, २०८१ बिहीबार

धुलावारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

धुलाबारी । झापाको धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंक लि. को शाखा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश सभा सदस्य गोपाल तामाङले राष्ट्रिय वाणिज्य बैंक लि. को धुलाबारी शाखाको उद्घाटन गरेका हुन् ।

औपचारिक रुपमा सम्पन्न शाखा उद्घाटन कार्यक्रमको अध्यक्षता बैंकका प्रदेश नम्बर १ का प्रबन्धक मणिराज तामाङले गरेका थिए भने अतिथिहरुमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज प्रकाश भण्डारी, राप्रपाकी जिल्ला सदस्य सुनिता शर्मा, मेचीनगरका शिक्षा प्रमुख होमनाथ भण्डारी र रा.वा. बैंकको प्रमुख कार्यकारी अधिकृत कुमार श्रेष्ठ लगायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : पुष ९, २०७९ शनिबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]