जेष्ठ ६, २०८१ आईतबार

शिवसताक्षीका ७५ विपन्न परिवारलाई न्यानो कपडा वितरण

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनजाति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ ।

वडा नं. ४ मा अधिकांश राजवंशी, ताजपुरिया र शाह जातिको बसोबास रहेको र स–साना फुसका घरमा जाडोयाममा बृद्ध बद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा वितरण गरेको जनाएको छ । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकाश योङ्हाङ्ग र वडाध्यक्ष विष्णु प्रसाद प्रसाईले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईले वडाले आफ्ना नागरिकलाई चिसोबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गरेका छन् । नागरिकका लागि नजिकको सरकार नै वडा कार्यालय भएकाले आगामी दिन पनि आफ्ना नागरिकको आश्वयक्तालाई मध्यनजर राखेर काम गर्न सुझाएका थिए ।

त्यस्तै लेखा प्रमुख योङहाङ्गले बाटो बनाउन, भवन बनाउनु मात्र विकास नभई आफ्ना नागरिकको ज्यान बनाउन गरेको भूमिका पनि महत्वपूर्ण रहने बताए । नागरिक रहे मात्रै भौतिक सुविधा उपभोग गर्न सकिने भएकाले नागरिकको हरतरहले सुरक्षा गर्नु स्थानीय सरकारले कर्तव्य रहेको उनको भनाई थियो ।

वडाध्यक्ष प्रसाईले जाडो मौसममा फुसको घरमा चिसो गुन्द्रिमा रात विताएको देखेपछि वडाले नागरिकको सुरक्षाका लागि सानो प्रयास गरेको बताए । विशेष गरेर वडाभित्रका विपन्न परिवारका बृद्ध बृद्धालाई लक्षित गरेर १ थान भुइमा ओछ्याउने म्याट र ओढ्ने व्यालेङकेट वितरण गरिएको बताए । वडा भएका झण्डै ५०० परिवारबाट अतिविपन्न ७५ परिवारलाई पहिलो चरणमा केही राहतका लागि दिइएको हो । उनले भने, अब केही दिनमा बृद्ध बुबाहरुलाई ज्याकेट वितरण गरिने छ ।

न्यानो कपडा पाएपछि स्थानी नारायण वाग्लेले वडाध्यक्षले निष्पक्ष तरिकाले काम गरेको भन्दै प्रशंसा गरेका थिए । हामी जति यहाँ कपडा लिन आएका छौ, वडाध्यक्ष घरघर मै गएर खबर गर्नु भएको छ । वडा बासीको लागि वडाध्यक्षले राम्रो काम गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : पुष १३, २०७९ बुधबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]