जेष्ठ १, २०८२ बुधबार

दुई सयले घट्यो सुनको मूल्य

झापा । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख छ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार तीन सय ८० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय नौ दशमलव ६२ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]