जेष्ठ १, २०८२ बुधबार

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]