चैत्र १५, २०८० बिहीबार

देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा हिजो आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उहाँले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताउनुभयो ।


‘कसैको केही आचरणमा तलमाथी पर्यो भने छाडिन्न । ठुलो र सानो भन्ने कुरा हुदैन । ठुला सानाको मतलब छैन, आचरण र व्यवहारको मतलब छ’, उहाले भन्नुभयो, ‘भ्रष्ट हुन्छ भने जो सुकै पदमा भएपनि भ्रष्टमाथी कारवाही हुन्छ ।’

गृहनगरमा भएको चियापानमा उपस्थित नेता कार्यकर्तालाई उहाले मतदाताको शिर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । प्रधानमन्त्री ओलीले देश र जनताका हितका लागि निष्ठापूर्वक अगाडी बढ्ने बताउनु भयो ।

‘तपाईहरुले कहिले पनि छ्या भन्ने अवस्था वा यस्तालाई पनि भोट दिइएछ भन्ने अवस्था वा नाक मै कालो दलो भन्ने अवस्था आउने छैन । तपाईहरुको शिर ठाडो बनाउने छु’, प्रधानमन्त्री ओलीको भनाई छ । उहाले आफुले फाउको जिन्दगी बाँचिरहेकाले आफु नबिग्रिने पनि स्पष्ट पार्नुभयो ।

‘म सानो ठाउमा पहाडको घरमा जन्मिएको । गाइब्राखा चराउदै, भात पकाउदै भाडा माझ्दै खाली खुट्टा स्कुल गएको हु । ५५ वर्ष अगाडी राजनीति थालेको थिए’, उहाले अगाडी भन्नुभयो, ‘म धेरै पटक मरेर बाँचेको । यो फाउको मेरो जिन्दगी दुरुपयोग गर्नु छैन । यसलाई सदुपयोग गर्नुछ देश र जनताका लागि ।’

प्रधानमन्त्री ओलीले लामो समय राणा र राजतन्त्रले थिलथिलो पारेको देश सपार्न भने केही समय लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : आश्विन २१, २०७६ मंगलबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]