जेष्ठ ६, २०८१ आईतबार

सामुदायिक विद्यालय सुधारमा चासो दिऊ

सम्पादकीय
शिक्षा नभई हुदैन भन्ने सबैलाई थाहा छ । शिक्षा सबैको जीवनका लागि अपरिहार्य छ । राज्यले शिक्षामा ठुलो लगानी गरिरहेकै छ । तर, पनि यसको गुणस्तर सुधारमा खासै चासो दिइएको छैन । शिक्षामा गुणस्तरीयता ल्याउन समाजमा विशिष्ट मान्छेहरु खासै ध्यान दिइरहेका छैनन् । राज्यका निकाय, जिम्मेवार तोकिएका व्यक्ति मात्र शिक्षामा केन्द्रित छन् । तर, शिक्षामा महत्वका साथ चासो दिइएको पाइदैन । बाटो बनाउदा त्यसको गुणस्तरीयताका बारेमा चासो दिइएन भने बाटो छिट्टै विग्रिन्छ । बाटो राम्रो पनि बन्दैन । तर, समयमै चासो दिएर खवरदारी गर्ने हो भने बाटो गुणस्तरीय र मापदण्ड अनुसारको बन्ने छ । शिक्षामा पनि यस्तै हो ।

बिहीवार झापाको बिर्तामोडमा रहेको मोहनमाया माविमा जनप्रतिनिधि, शिक्षा विकास समन्वय इकाईका प्रमुख, जग्गादाता, अभिभावकहरुको उपस्थितिमा विद्यालयको राम्रै प्रशंसा भयो । विद्यालयको प्रशंसा गर्नु स्वभाविक पनि छ । किनभने, विद्यालयले राम्रो उपलब्धी हासिल गरेको छ । निजीभन्दा राम्रो नतिजा निकालिरहेको छ । मोहनमाया बाह्य चासोले होइन, आन्तरिक एकता र शिक्षक कर्मचारीको मेहनतबाट माथि उठेको छ । थोरै विद्यालय छन्, जसको प्रशंसा आवश्यक छ । तर, अधिकांश विद्यालयहरु प्रशंसाको विवरणमा अटाउन सकिन्न ।

झापाको गौरीगञ्ज १ महाभारामा रहेको जनकल्याण आधारभुत विद्यालयमा कक्षा ८ सम्म करिव १५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ सम्म पठनपाठन हुने यो विद्यालयमा रहेको विद्यार्थी संख्य अत्यन्तै न्यून हो । यहाँ विद्यालयलाई माथि उठाउन चासो दिइएको पनि पाइदैन । अर्थात, विद्यालयमा गुणस्तरीय शिक्षाका लागि वेवास्था गरिएको छ । यस्ता कयौं विद्यालय छन्, जहाँ विद्यालय भवन मात्रै छन् । विद्यार्थी संख्या न्यून छ । समुदायको प्राथमिकतामा विद्यालय नपरेपछि यहि परिणाम प्राप्त हुन्छ । यसैले अन्य क्षेत्रमा देखाइने चासो भन्दा शिक्षा क्षेत्रमा चासो बढाउनुपर्छ । सामाजिक क्षेत्रका अगुवा, अभिभावक, दातृ संस्था र सरोकारवाला निकायले शिक्षा क्षेत्रमा व्यापाक चासो देखाउन आवश्यक देखियो ।

प्रकाशित मिति : पुष १६, २०७९ शनिबार  १२ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]