जेष्ठ ४, २०८१ शुक्रबार

बौद्धमोडमा कृतिम हात खुट्टा वितरण हुने

बाहुण्डाँगी । मेचीनगर २ स्थित बौद्धमोडमा कृत्रिम हात खुट्टा वितरण कार्यक्रम हुने भएको छ । ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयोजकत्त्वमा माग २१ गते उक्त कार्यत्रम हुने भएको हो । शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले उक्त कार्यक्रम बारेमा जानकारी दिएको हो ।

ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सचिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनको प्रमुख अतिथिको रुपमा नेप इन्डिया फाउण्डेसन कालेङ्पुंगकी अध्यक्ष इन्दिरा शर्माको उपस्थिति रहेको थियो । त्यसै गरी अतिथिहरुमा बौद्धमोड बिकास सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, कार्यक्रमको सहयोगी संस्थाबाट रुपमणी काफ्लेको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ६० जना हात खुट्टा नभएको मानिसहरुले हात खुट्टा प्राप्त गर्ने कार्यक्रमका अध्यक्ष सचिन निरौलाले जानकारी दिए । त्यसै गरी उनले बाहुण्डाँगीलाई बिस्तारै कृत्रिम हात खुट्टा निमार्णको हबको रुपमा पनि बिकास गर्ने योजना ब्रह्माण्ड सहकारीले लिएको बताएका छन् ।

कृतिम हात खुट्टा वितरण कार्यक्रमको सहयोगी संस्थाहरुको रुपमा भारतबाट नारायणी सेवा संस्थान, नेप इन्डिया फाउण्डेसन, दमकबाट दमक अपांग सहयोगी समिति र श्री रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान लगायतका संस्थाहरु रहेका छन् ।

 

प्रकाशित मिति : पुष १६, २०७९ शनिबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]