बैशाख ७, २०८१ शुक्रबार

गुप्ता र डाँगीलाई विधालय छिर्न नदिने संघर्ष समितिको तयारी

अर्जुनधारा । लक्ष्मी माविको समस्या समाधान गर्न गठित संघर्ष समितिले आज अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानालाई ज्ञापन पत्र बुझाउँदै विधालयको समस्यामा गम्भीर भइदिन आग्रह गरेका छन् ।
संघर्ष समितिका संयोजक भिष्म पौडेललको नेतृत्वमा विधालय पुगेका विधालयका पूर्व विधार्थी, अभिभावक, चन्दादाता र शुभचिन्तकले ज्ञापन पत्र बुझाएको ७ दिन भित्र माग पुरा नगरे जस्तोसुकै आन्दोलन गर्न आफुहरु तयार भएको जानकारी दिएका छन् । संयोजक पौडेलले विधालयमा वेथिति बढेको र त्यसको कारण प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगी रहेको भन्दै उनीहरुलाई आउँदो आइतवार भित्र निस्काशन नगरे संघर्ष समितिले नै निकाल्ने चेतावनी दिएका छन् । लामो समय देखि विवादमा रहेको सो विधालयमा भइरहेको समस्या समाधान गर्न स्थानीय सरकारको आवश्यकता रहेको भन्दै उनले चन्दादाताको सहयोगमा चलेको विधालयमा गुप्ता र डाँगीले गलत शासन गरेको औल्याएका छन् ।
गत वर्षको परीक्षामा सामेल नभई कक्षा ११ उर्तिर्ण गरेका सहायक प्रधानाध्यापक डाँगीको अनुसन्धान माग गरिएको छ । यस्तै, ज्ञापन पत्रमा उनीहरुको निष्कासन सहित पुराणको हिसाव सार्वजनिक गर्न माग गरिएको छ । जिल्लाबाट भवन निर्माणको लागि आएको बजेटको फरफारा र भर्खरै कसैको अनुमति नलिई मनपरी ढंगले अंग्रेजी माध्यम हटाएको विषयमा नगर प्रमुखलाई जानकारी गराइएको छ ।
नगर प्रमुख रानाले विधालयमा वेथिति बढ्न नदिने सरोकारवालाई स्पष्ट पारेका छन् । उनले विधालयको समस्याका बारेमा आफु सचेत रहेको जनाएका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार  १ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]