जेष्ठ ६, २०८१ आईतबार

कम्बोडिया घटनाबाट सिकौं

सम्पादकीय
कम्बोडिएको एक होटलमा आगलागी हुँदा झापा बिर्तामोडका एक जना युवाले ज्यान गुमाए । उनले ज्यान गुमाउदाको पीडा सबै नेपालीले अनुभूति गर्न पाए । किनभने, उनले कष्टकर रुपमा जीवन गुमाएको दृष्य संसारभर भाइरल नै बन्यो । थाइल्याण्ड घुम्न गएका निराकर पाण्डेले आफु बसेको होटलमा आगलागी भएको थाहा पाएपछि परिवारलाई भिडियो मार्फत जनाकारी दिए । त्यति मात्र होइन, उनले आफ्नो परिवारमा सम्झाएको भिडियो पनि सार्वजनिक भयो । जुन भिडियोले सबैलाई विक्षिप्त बनाएको छ । उनको मृत्यु अत्यन्तै पीडादायी भयो ।

आगलागी एउटा प्राकृतिक विपद नै हो । विविध कारणले आगलागी हुन सक्छ । तर, त्यसबाट सुरक्षित रहन आवश्यक तयारी अनिवार्य छ । पाण्डे बसेको होटल १८ तले थियो । क्यासिनोसहितको होटल भएपनि त्यहाँ सुरक्षा देखिएन । क्यासिनो समेत भएको होटल भव्य नै हुनुपर्छ । तर, पनि विपदबाट सुरक्षित हुने गरिको उपकरणहरु भएको कुनै सञ्चारमाध्यममा आएको छैन । जसका कारण १२ तलाबाट पाण्डेले हाम्फालेर बच्न चाहँदा चाहँदै पनि बाँच्न सकेनन् । यो घटनाबाट आम होटल व्यवसायीले पाठ सिक्नैपर्छ । विपद् आइपर्दा कसरी बच्ने, कसरी बचाउने आवश्यक तयारी गर्नैपर्छ ।

प्राकृतिक विपद होटलमा मात्र आइपर्ने होइन । जहाँ पनि प्राकृति विपदको जोखिम आइपर्न सक्छ । हरेक ठाउँहरुमा त्यसै अनुसार आवश्यक उपकरणहरुको व्यवस्था हुनुपर्छ । पानी हाल्ने दमकलको व्यवस्था, सुरक्षा निकायसँगको समन्वय अनिवार्य छ । कुनै मलहरुमा आगलागी हुँदा तत्कालै त्यसबाट सुरक्षित रहनका लागि सोही अनुसारको व्यवस्था मिलाउनुपर्छ । कम्बोडियामा भएको घटनापछि धेरैले आफुलाई त्यहि राखेर तुलना पनि गरे । अर्थात, कसैले छिटो हाम्फाले भने, कसैले त्यत्रो समय भिडियोमा कुरा गरुञ्जेल उद्धारका लागि गुहार मागेको भए हुन्थ्यो भनिरहेका छन् । वास्तवमा त्यहाँको संरचनागत अभावकै कारण यो क्षति भएको छ । यसैले विपद्बाट सुरक्षित रहन पूर्वतयारी जरुरी छ ।

प्रकाशित मिति : पुष १७, २०७९ आईतबार  १२ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]