जेष्ठ ६, २०८१ आईतबार

झापा गोल्डकप नरोकियोस्

सम्पादकीय
पूर्व नेपालमा हुने ठुलो फुटबल प्रतियोगिता हो, झापा गोल्डकप । झापा गोल्डकपले मोफसलमा फुटवल खेल क्षेत्रमा उत्साह जगाएको छ । फुटबल प्रेमी र खेलाडीहरुका लागि समेत उत्साह बनेको झापा गोल्डकप अहिलेसम्म हुने नहुने बारे अन्यौल भइरहेको छ । ०७२ देखि सुरु भएको गोल्डकप प्रसिद्ध फुटवल प्रतियोगितामा पर्दछ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा खेलको माध्यमबाट जोड्ने गरेको छ । यसको आयोजना हुनु अनिवार्य छ । झापा गोल्डकप प्राकृतिक विपत्ति बाहेक रोकिन हुदै हुदैन । त्यसका लागि सरोकारवाला पनि जागरुप हुन आवश्यक छ ।

आउँदो फागुन ७ देखि १६ गतेसम्म ‘भद्रपुर झापा गोल्डकप’ हुदैछ । भद्रपुरमा गोल्डकपको तयारी गरेपछि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा आयोजकहरु निधोमा पुग्न सकेका छैनन् । फुटवल क्षेत्रमा चाम ल्याएको यो गोल्डकप यसअघि कोरोनाका कारण रोकिएको थियो । दुई सिजन रोकिएको गोल्डकप गत वर्ष भव्य रुपमा सम्पन्न भएको थियो । आयोजक समितिका अध्यक्ष विनोद बस्नेत र उनको टिमले भव्यताका साथ गोल्डकप गरेको थियो । तर, यो वर्ष कुनै चहलपहल नहुनुले आम फुटवल प्रेमीहरुलाई उत्सुकता भएको छ ।

भद्रपुरमा आयोजना हुन लागेको गोल्डकप र बिर्तामोडमा हुने गोल्डकपमा भिन्नता छ । डोमालालमा हुने गोल्डकपको आफ्नै महत्व छ । डोमालालको गोल्डकपलाई अन्यत्र आयोजना हुन लागेको प्रतियोगितामा समाहित गर्न मिल्दैन । यदि त्यस्तो हो भने औपचारिक रुपमा घोषणा हुनुपर्छ । तर, डोमालालको गोल्डकप अन्यत्र गरियो भने यसको चाम अवश्य घटेर जानेछ । यसैले गोल्डकपको निरन्तरता आवश्यक छ । विना कारण गोल्डकप रोकियो भने आगामी वर्षहरुमा आयोजना गर्न कठिन हुनेछ । भद्रपुरको गोल्डकप सकिएपछि झापा गोल्डकपका लागि तयारी गरियोस् । यदि आयोजना गर्न सकिएन भने नेतृत्वमाथि प्रश्न उठ्नेछ । जिल्लाका कुनै पनि भागमा फुटवल हुन सक्छन् । तर, झापा गोल्डकपको चाम डोमालाल बाहेक अन्यत्र पाइदैन । यस तर्फ सरोकारवालाको ध्यानाकर्षण होस् ।

प्रकाशित मिति : पुष १९, २०७९ मंगलबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]