बैशाख २५, २०८१ मंगलबार

सुधारको पहल नगरे अर्थतन्त्र संकटमा फस्छ : उपसभापति गुरुङ

सुरुङा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक संकटमा फस्ने बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक सङ्कटतर्फ धकेलिएको बताए ।

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताएका छन् । एक फरक प्रसङ्गमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे । ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो । उनले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]