जेष्ठ ६, २०८१ आईतबार

बाक्लो हुस्सुसँगै दुर्घटनाको जोखिम

सम्पादकीय
लापरबाही पूर्ण सवारी साधन चलाउदा दिनहुँ दुर्घटना भइरहेको छ । जसका कारण अकालमा धेरैले ज्यान गुमाइरहेका छन् । सवारी चलाउन सामान्य अवस्थामा पनि सधैं जोखिम भइरहेको हुन्छ । अहिले चिसोको मौसममा झनै धेरै जोखिम हुन्छ । चिसोमा सवारी साधन चलाउदा असाध्यै धेरै जोखिम हुने भएकाले सुरक्षित हिसावले सवारी चलाउनुपर्छ । केहि देनिदेखि बाक्लो हुस्सेका कारण आवतजावतमा कठिनाई भइरहेको छ । विशेष गरि विहान र बेलुकाको समयमा हिडडुल गर्न जोखिम छ । अगाडिबाट आइरहेको सवारी राम्रोसँग देखिदैन । जसले दुर्घटना निम्त्याउन सक्छ ।

तापक्रम हरेक दिन घटिरहेको छ । दिनहुँ बढिरहेको चिसोले जनजीवन नै प्रभावित भएको छ । बाक्लो हुस्सुले सवारी चलाउन मात्र होइन, दैनिकी नै प्रभावित बनाइरहेको छ । हुस्सुका कारण सवारी मात्र होइन, पैदल यात्रीहरु पनि सचेत र सजग हुनुपर्छ । किनभने, सवारी चालकले हुस्सुका कारण ख्याल गर्न सकेनन् भने ज्यान जान सक्छ । यसैले पैदल यात्रीहरु पनि विशेष गरि हुस्सुको समयमा सडकआसपास हिडडुल गर्न हुदैन । सडक आसपासमा हिडडुल गर्नु आफैमा ठुलो जोखिम हो । यस तर्फ ध्यान दिन आवश्यक छ ।

चिसो मौसम र हुस्सु लागेको बेला चालकले पनि विशेष ख्याल गर्न आवश्यक छ । हुस्सु लागेको बेला सिसाहरु मधुरो हुने, छोपिने, टाढासम्म देख्न नसकिने समस्या हुन्छ । जसका कारण चालकले ठम्याउन सकिरहेका हुदैनन् । अगाडिको भागमा राम्रोसँग ठम्याउन सकिएन भने दुर्घटना हुन्छ । दुर्घटनाको जोखिमलाई ख्याल गरेर यतिवेला ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गर्नुपर्छ । चेकजाँच गर्दै चालक र पैदल यात्रीहरुलाई सजग रहन आग्रह गर्नुपर्छ । यदि नागरिक तहमै सचेत गराउन सकियो भने दुर्घटनालाई केहि मात्रामा न्यूनिकरण गर्न सकिन्छ ।

प्रकाशित मिति : पुष २१, २०७९ बिहीबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]