जेष्ठ ६, २०८१ आईतबार

गृहमन्त्रीलाई भेटेर पाण्डे परिवारले भन्यो – छोराको शव छिटो झिकाईदिनुस्

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेका बुबासहित परिवारले गृहमन्त्री रवि लामिछानेलाई भेटेको छ । बुधबार मन्त्रालय मै पुगेर परिवारले उपप्रधान एवंम गृहमन्त्री लामिछानेलाई भेटेर छोराको शव छिटोभन्दा छिटो झिकाइदिन आग्रह गरेको हो ।

एक हप्ताअघि कम्बोडियाको एक होटलमा आगलागी हुँदा ज्यान बचाउन १२ लताबाट हाम्फाल्ने क्रममा पाण्डेको ज्यान गएको थियो । घटना एक हप्ता वितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन । मृतक पाण्डेका बुबा अग्नि पाण्डेले गृहमन्त्रीलाई भेटेर छोराको शव ल्याउने प्रक्रियालाई अघि बढाइदिन आग्रह गरेका छन् । परिवारले सरकारकै तर्फबाट पहल भई शव झिकाइदिनुपर्ने माग राख्दै आएको छ ।

भेटघाटका क्रममा गृहमन्त्री लामिछानेले क्याविनेटमा प्रस्ताव लगेर शव झिकाउन आफ्नो पहल हुने बताएका छन् । सरकारले निराकरको शव ल्याउन पलह गर्नेछ, लामिछानेले भने – त्यसका लागि सरकारले प्रक्रिया अघि बढाउने छ । परराष्ट्र मन्त्रालयबाट कागजी काम अघि बढेको भेटका क्रममा बताइएको छ । उनले सकेको सहयोग गर्ने भन्दै पाण्डे परिवारलाई आश्वासन दिएका छन् ।

निराकर घुमफिरका लागि गत कात्तिक २१ गते थाइल्याण्ड गएका थिए । घुमफिरकै क्रममा उनी कम्बोडिया पुगेका हुन् । कम्बोडियाकै एक होटलमा आगलगी हुँदा उनको ज्यान गएको छ । उनको शव कम्बोडियाकै एक अस्पतालमा राखिएको परिवारले जनाएको छ । शव ल्याउनका लागि थाइल्याण्डस्थित नेपाली दुतावासले समन्वय गरिरहेको छ ।

प्रकाशित मिति : पुष २१, २०७९ बिहीबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]