बैशाख १५, २०८१ शनिबार

अर्जुनधारामा जेष्ठ नागरिकहरुलाई सम्मान

शनिश्चरे । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसर पारेर अर्जुनधारा नगरपालिकास्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले नगरक्षेत्र भित्र रहेका नागरिकहरुलाई सम्मान गरिएको छ ।

८० वर्ष उमेरमाथिका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । मिलन समाजको आयोजना तथा अर्जुनधारा नगरपालिकाको सहयोगमा संस्थामा आवद्ध ज्येष्ठ सदस्यहरु मध्ये श्रेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । स्थानीय ज्येष्ठ चौतारीमा आयोजित सम्मान कार्यक्रममा सुधादेवी गट्टानी, कृष्णमाया गौतम, धनपति सेढाई ,भूपध्वज बस्नेत, तिलक भण्डारी ,गंगादेवी जोशी , भोलानाथ मिश्र, भगिरथ पोखरेल ,ज्ञानप्रसाद सापकोटा ,बृहस्पति घिमिरे ,केदारमान बस्नेत, पार्वता सुवेदी ,अम्बिका काफ्ले ,डिल्लीराम घिमिरे ,दशरथ गौतम, बिष्णुमाया चिमरिया लगायत २० जनालाई सम्मान –पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाका सचिव शेखरनाथ अधिकारीले जानकारी दिए ।

मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्व तथा कोषाध्यक्ष कृष्णप्रसाद पौडेलको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष लवकुश गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले शुभकामना राख्दै ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले ज्येष्ठ नागरिकहरुलाई गरेको सम्मान उदाहरणीय कार्य भएको बताएका छन् । हामी त एउटा वडाको अध्यक्ष मात्र हौं । तपाईंहरु नगरपालिका भरिको सम्मानित अध्यक्ष हुनुहुन्छ । ज्येष्ठ नागरिक अभिभावकले दिएको सत् ज्ञान – बुद्धि मानसपटलमा राख्नुपर्छ । राज्यले पनि ज्येष्ठ नागरिकलाई हरेक क्षेत्रमा सुविधा दिई सम्मान गर्नुपर्छ । उप्रेतीले जाडो महिनापछि नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक तिर्थ स्थलहरुको दर्शन गर्न लाने योजना रहेको सुनाए । सम्मान कार्यक्रममा अध्यक्ष भट्टराई , वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजले ७ बर्षअघि देखि नगरक्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : पुष २८, २०७९ बिहीबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]