जेष्ठ ४, २०८१ शुक्रबार

झापा इनर्जी आर्थिक रुपान्तरण कै लागि : नेम्वाङ

पाँचगाछी । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आर्थिक रुपान्तरण अबको आवश्यकता भएको बताएका छन् । झापा इनर्जीको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले राजनीतिक परिवर्तनको आन्दोलन सकिएको भन्दै आर्थिक रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

शिवसताक्षी–४ स्थित बुलोचोकमा निर्माणाधिन झापा इनर्जीको साधारणसभामा आज प्रमुख अतिथिका रुपमा बोल्दै नेता नेम्वाङले झापा इनर्जी आर्थिक रुपान्तरणकै लागि भएको बताए । उर्जा क्षेत्रमा नागरिककै तहबाट यति ठुलो परियोजना सञ्चालन हुनुले मुलुकलाई आर्थिक रुपमा समृद्ध हासिल गर्न सहज हुने बताएका हुन् । नेकपा एमालेका नेता समेत रहेका नेम्वाङले सोलारबाट उर्जा उत्पादन गर्ने परियोजना सफल हुने धारणा राखे ।

सोलारबाट उर्जा उत्पादन शुरु भएपछि प्लान्ट क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास हुने नेम्वाङको भनाई छ । उनका अनुसार सोलार परियोजना, पर्यटन परियोजना पनि हो । नेम्वाङले भने, ‘यो परियोजना सफल भएपछि यहाँ भ्रमण गर्न आउनेहरुको ठुलो घुँइचो लाग्नेछ ।’

एमाले नेता नेम्वाङले राजनीतिक प्रसंगमा कुरा गर्दै दलहरुको विकल्पमा दलहरु नै भएको धारणा राखेका छन् । उनले दलहरुका धेरै कमिकमजोरी रहे पनि सच्चिदै जाने बताए । दलहरुको विकल्प दलहरु नै हुन्, नेम्वाङले भने, ‘देशलाई यो ठाउँसम्म ल्याउने पनि दलहरु नै हुन् । देशलाई अब अघि बढाउने पनि दलहरु नै हुन् । तपाईहरु ढुक्क हुनुहोस्, निश्चित ठाउँमा मुलुकलाई पुराइनेछ ।’

उनले मंसिर ४ को निर्वाचनले सबैलाई मिलेर अघि बढ्न जनादेश प्राप्त भएको बताए । जनताले सबैलाई मिलेर अघि बढ्न जनादेश दिनुभएको छ, हामीले मिलेर जानुको विकल्प छैन– उनले भने । जनतालाई निराश हुने अवस्था नबनाई देशलाई ठिक ठाउँमा पुराउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेम्वाङलाई सोही कार्यक्रममा कम्पनीका अध्यक्ष एलपी साँवाले लिम्बुले शेयर प्रमाणपत्र प्रदान गरेका थिए । नेम्वाङले सो इनर्जीमा पाँच लाख लगानी गरेका छन् ।

प्रकाशित मिति : पुष २८, २०७९ बिहीबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]