जेष्ठ ८, २०८१ मंगलबार

झापा इनर्जीले ६ महिनाभित्र सौर्य उर्जा उत्पादन गर्ने

पाँचगाछी । झापा इनर्जीले अबको ६ महिनाभित्र उर्जा उत्पादन थाल्ने भएको छ । झापा इनर्जीले १० मेगावाटको सौर्य उर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

बिहीवार परियोजना निर्माणस्थलमा आयोजित चौथो साधारणसभामा अध्यक्ष एलपी साँवाले ६ महिनाभित्र उर्जा उत्पादन थाल्ने बताएका छन् । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै साँवाले उर्जा परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्राण्डका सोलार प्यानल तथा उपकरणहरु जडान गरिने जानकारी दिए ।

झापा इनर्जीले शिवसताक्षी –४ मा २१ विगा ३ कठ्ठा १२ धुर जग्गा खरिद गरि उर्जा परियोजना निर्माण गरिरहेको छ । इनर्जीले जग्गा खरिद, ग्रिड कनेन्सन सम्झौता, विधुत प्राधिकरणसँग खरिद विक्रिको सम्झौता, विधुत उत्पादनको अनुमति, बुलोचोक सव–स्टेशनसम्म प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिसकेको अध्यक्ष साँवाले जानकारी दिए ।

कुल ७९ करोड ९० लाख लागतमा निर्माण हुने उर्जा परियोजनामा ७५ प्रतिशत कर्जा लिइएको छ भने बाँकी रकम सर्वसाधारणले लगानी गरेका छन् । अध्यक्ष साँवाले मुलुकलाई उर्जा उत्पादनमा सहयोग गर्ने उद्देश्यले परियोजना शुरु गरिएको बताए । उनले छिमेकी राष्ट्र चीन र भारत सौर्य उर्जा उत्पादनमा धेरै अगाडि बढेको जानकारी दिए । नेपालमा हालसम्म सौर्यबाट ९२ मेगावाट उर्जा उत्पादन भइरहेको छ । आर्थिक वृद्धिमा उर्जाको मुख्य योगदान हुन सक्ने भन्दै झापा इनर्जीले उर्जा उत्पादनलाई प्राथमिकताका साथ काम अघि बढाएको उनको भनाई थियो ।

आयोजनाको विधुत खरिद विक्रि सम्झौता २५ वर्षका लागि हुने प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनले वार्षिक १ करोड ७६ लाख १० हजार यूनिट उत्पादन गरिने बताए । परियोजना सम्पन्न हुनासाथ स्थानीयका लागि आइपीओ निष्काशन गर्ने भट्टराइले जानकारी दिए ।

साधारणसभामा प्रदेशका पूर्वमन्त्री झलकसिंह दर्लामी र सञ्चालक रामचन्द्र उप्रेतीले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष २८, २०७९ बिहीबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]