बैशाख १३, २०८१ बिहीबार

जंगली हात्तीबाट प्रभावित क्षेत्रको अध्ययन

मेचीनगर । नेपाल सरकारको एक टोली जंगली हात्तीबाट प्रभावित क्षेत्रको अध्ययनमा निस्किएको छ । नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो ।

बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा सवै एक जुट भएर लागुपर्नेमा जोड दिइएको थियो ।

छलफलमा नगर प्रमुख गोपालचन्द्र वुढाथोकीले भारतबाट आउने हात्ती नाकामै छेकेर जनताको जिउधनको सुरक्षा गर्नु नगरको प्रमुख दाहित्व रहेको बताए । ‘हात्ती आतङ्कबाट कुनै पनि नागरिक प्रभावित हुन नदिन हामीले दिर्घाकालिन उपाय अपनाउनुपर्छ’ । नगर प्रमुख वुढाथोकीले भने–‘ केन्द्र प्रदेश र स्थानिय सरकारको बिचको सहकार्यले मात्र हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधान निकाल्न सकिन्छ ।’

हात्तीकाे लागि पनि उचित आहाराको व्यवस्थापन, बन निति, सहत क्षेतिपुर्तीको व्यवस्थालगायतका बिषयमा संघ र स्थानीय सरकार बिच अनिवार्य सहकार्य आवश्यक रहेको उनले बताए ।

छलफल कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, बन मन्त्रालय भू–संरक्ष विभागका उपमहानिर्देशक नवराज पुडासैनी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की, डिभिजन वन कार्यलय झापाका निमित्त प्रमुख जिवन प्रसाद पाठक, मेचीनगर वडा नम्वर ४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर वडा नम्वर ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्की, आरपीपी बाहुनडाँगीका संयोजक न्यूटन कार्की लगायतले धारण व्यक्त गरेका थिए ।

प्रकाशित मिति : पुष २८, २०७९ बिहीबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]