बैशाख १४, २०८१ शुक्रबार

सुरुङ्गा जेसीजको अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत

कनकाई । सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । जेसीजको बिहीबार सम्पन्न १५औं साधारण सभाबाट यस क्षेत्रका सक्रिय युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दाहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष दाहालले विभिन्न जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्दै आएका छन् । त्यस्तै सुरुङ्गा जेसीजको सफल मोटिभेसनल स्पिकरका रुपमा अघि बढ्दै आएका अर्का नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष चाहारले हालै सम्पन्न नेपाल जेसीजको महाधिवेशनमा सुरुङ्गा जेसीजको प्रतिनिधित्व गर्दै वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थानको अवार्ड प्राप्त गरेका थिए ।

सुरुङ्गा जेसीजका तर्फबाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्न सक्ने सम्भावना बोकेका चाहार हाल स्थानीय एक निजी विद्यालयमा शिक्षण पेशामा आवद्ध छन् ।

जेसीजको विधान अनुसार शाखामा चार जना उपाध्यक्ष हुने भएकाले सोही पदका लागि कनकाई वडा नं.–१ की निर्वाचित वडासदस्य समेत रहेकी निर्मला खड्का, पुर्ण श्रेष्ठ(नेवार), दिवाकर तिवारी र सपना गिरी चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली सर्वसम्मत भएकी छन् । कानुनी सल्लाहकार, महासचिव सहित बाँकी अन्य पदहरुमा अध्यक्षले मनोनित गरी पदहस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा महासचिव दुर्गा पाठक(राजु)ले संस्थाको प्रगति प्रतिवेदन साथै कोषाध्यक्ष मुक्ता कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन हलबाट पारित भएको थियो । कार्यक्रममा कोषाध्यक्ष कार्कीले आस्थावाचन र जनसम्पर्क अधिकारी खुस्बु पौडेलले जेसीज मिसन एण्ड भिजन प्रस्तुत गरेकी थिइन् ।

जेसीजको विधान अनुसार निवर्तमान अध्यक्ष निर्वाचन आयुक्तको जिम्मेवारीमा रहनु पर्ने भएका कारण सुरुङ्गा जेसीजकी निवर्तमान अध्यक्ष यदुका उप्रेती(उषा)को नेतृत्वमा पूर्व अध्यक्ष कमल कट्टेल र सोमनाथ उप्रेती सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतको पहल गरेको हो ।

त्यस्तै सुरुङ्गा जेसीजले हरेक वर्ष संचालन गर्दै आएको जेसीजको महत्वपुर्ण कार्यक्रम उत्कृष्ट नागरिक सम्मानको कार्यक्रममा विधानत सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेती उत्कृष्ट नागरिक छनौट समितिको संयोजकमा चयन भएका छन् । उप्रेतीसँगै सुरुङ्गा जेसीजका पूर्व अध्यक्षद्वय कुमारमणि पोखरेल र शिवकुमार कडेल समितिको सदस्यमा चयन भएका छन् । समितिले वर्ष उत्कृष्ट नागरिकका रुपमा सम्मान गर्ने व्यक्तिको छनौट गरी जेसीजको पदहस्तान्तरण कार्यक्रममा विशेष सम्मान गर्ने जनाएको छ ।

महासचिव दुर्गा पाठक(राजु) ले संचालन गरेको औपचारिक कार्यक्रमपछि नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुलाई सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, सरला दाहाल पोखरेल, जविन तिम्सिना, कमल कट्टेल, त्रिलोचन उपे्रती, यदुका उप्रेती(उषा), पुर्व कार्यकारिणी उपाध्यक्ष रामप्रसाद निरौला, सुमन कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : पुष २९, २०७९ शुक्रबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]