चैत्र १६, २०८० शुक्रबार

बुधबारे जेसीजको दशौँ पद हस्तान्तरण

बुधबारे । बुधबारे जेसीजको दशौँ पद–हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबारे स्थित डि स्क्वायर रिसोर्टमा जेसीजले पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईले नवनिर्वाचित अध्यक्ष जेसी अर्जुन ढकाललाई जेसीज चेन लगाएर हस्तान्तरण गरेका हुन् । निवर्तमान अध्यक्ष मुकेश भट्टराईलाई बर्ष २०२० का अध्यक्ष एवंम् निर्वाचन आयुक्त अनिल वाग्लेले सपथ ग्रहणका लागि अनुमति दिएका थिए ।

अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका छन् । निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले ५० हजार राशीको आफ्ना हजुरबुबा लक्ष्मीकान्त भट्टराईको नाममा पुरस्कार कोषको घोषणा गरेका थिए ।

जेसीज अभियानमा जोडिएका जेसीज अफ द इयर, आइटी अफिसर अफ द इयर र अफिसर अफ द इयर गरी ३ बिधाका उत्कृष्ट युवालाई पुरस्कार प्रदान गरिने बताए । उक्त पुरस्कारबाट यो बर्ष क्रमशः बिष्णु लामिछाने, टेकनाथ ढकाल र रुद्र निरौला सम्मानित भएका छन् ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर बिशिष्ट अतिथि रहेका थिए । गाउँपालिका अध्यक्ष प्रसाईंले जेसिजले प्रजातान्त्रिक अभ्यासलाई अंगिकार गरेको भन्दै सबैक्षेत्रले सिक्न आवश्यक रहेको बताए । उनंले बुधबारे जेसीज पालिकाभित्रका संघसस्थामा उत्कृष्ट देखिए पनि कतिपय कुरामा सुधार गर्नपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले युवा र खासगरी दुव्र्यसन नियन्त्रणमा काम गर्न बुधबारे जेसीजमार्फत सम्पुर्ण युवालाई आह्वान गरेका थिए ।

बुधबारे जेसीजको इतिहासमै पहिलोपटक सबैभन्दा धेरै राष्ट्रिय पदाधिकारी सहित उपस्थित भएका नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले क्षेत्र र भुगोल हेरी युवा लक्षित कार्यक्रममा जोड दिन अनुरोध गरेका थिए ।

उनले बिधिको शासन मान्दै सबै जात, समुदाय, धर्म र लिङ्गलाई समान व्यवहार गर्न जेसीजलाई निर्देशन समेत दिएका थिए । उनले भने, ‘एक परिवार– एक टिम हुँदै एउटै लक्ष्य प्राप्तिमा अग्रसर हुन सबै जेसीजलाई अनुरोध गर्दछु ।’

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सहित निरुपित राष्ट्र उपाध्यक्ष अनुप सुनुवार, राष्ट्र महासचिव अमिश ढकाल, कार्यकारीणी उपाध्यक्ष कुमार सिह साँवा उपाध्यक्षहरु भिम बहादुर कुँवर, बिर बहादुर बेघा, स्वस्तिका आचार्य, तेजप्रसाद उप्रेती, गुरुदेव पौडेलको उपस्थिति रहेको थियो ।

नेपाल जेसीज एरिया ’क’ का ३० भन्दा बढी शाखा अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका १५० बढि संघ सस्थाहरु सामेल थिए । कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]