बैशाख ८, २०८१ शनिबार

कनकाई माई मेला सुरु

सुरुङा । कनकाई माईको किनारमा लाग्दै आइरहेको मकर मेला शुक्रबारदेखि सुरु भएको छ । धार्मिक रुपमा लाग्दै आएको मकर मेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।

मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्यामकुमार राईले बताएका छन् । मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य परिकार सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोगसमेत निको हुने जनविश्वास रहिआएको छ ।

कनकाई माईको दुबै किनारमा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल , भारतबाट हजारौको संख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेषरुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिएको मेला आयोजक समितिका अध्यक्ष राईले बताए ।
मेला उद्घाटन कार्यक्रममा कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदी, ३ का वडाध्यक्ष युवराज चम्लगाई, एमालेका नगर अध्यक्ष खडग प्रसाई, कांग्रेसका नगर सभापति दुर्गा प्रसाई, माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका इन्द्र रोक्का लगायातले मेलाको पौराणिक र मनोरन्जनात्मक पक्षका बारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष ३०, २०७९ शनिबार  १२ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]