जेष्ठ ८, २०८१ मंगलबार

सुनको भाउ २ सयले बढ्यो

झापा । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।

महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]