जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सव फागुन ५ गतेदेखि

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव –२०७९ आयोजना गरिएको छ । बिर्तामोड उधोग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म व्यापार महोत्सव आयोजना गर्न लागिएको हो ।

बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय व्यापार महोत्सवको तयारी बारे जानकारी गराइएको छ । बिर्तामोड उधोग वाणिज्य संघले पहिलो पटक ०७५ माघमा व्यापार मेला आयोजना गरेको थियो ।

आर्थिक मन्दी र कोरोना महामारीले थलिएको व्यवसाय क्षेत्रलाई सक्रिय बनाउन महोत्सवको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेले जानकारी दिए । उनले महोत्सव आयोजनाले व्यवसायिक क्षेत्र उत्साहित हुने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा न्यौपानेले बिर्तामोड–२ को रामचोकस्थित पूर्वपश्चिम राजमार्ग उत्तर क्षेत्रमा महोत्सव आयोजना गरिने जानकारी दिए । न्यौपानेका अनुसार ५ विगाह क्षेत्र व्यापार महोत्सव लाग्नेछ ।

उधोग वाणिज्य महासंघ प्रदेश १ को सहकार्यमा हुने महोत्सवको व्यवस्थापकीय जिम्मा व्यवसायी ललित सिम्खडाले लिएका छन् । उनले यो वर्षको महोत्सव अन्तराष्ट्रिय मापदण्डको हुने जानकारी दिए । महोत्सवमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उधोगी व्यापारीहरुले स्टल राख्ने उनको भनाई छ । उनले स्टल महोत्सवको सम्पूर्ण संरचना निर्माण विशेष र प्रविधियुक्त हुने बताएका छन् । व्यापार महोत्सवका लागि पूर्वमा विराटनगरभन्दा विर्तामोड उपयुक्त हुने भन्दै महोत्सव सफल हुनेमा विश्वास गरेका छन् ।

बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवले आन्तरिक व्यापार व्यवसायलाई चलायमान बनाउदै तेस्रो मुलुकसँगको निर्यात व्यापारलाई बढाउने बताइएको छ । नेपालमा उत्पादित कृषिवस्तु, हस्तकला लगायतको प्रदर्शन प्रवद्र्धन, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृति तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको वाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले जानकारी दिए । महासचिव मैनालीले एउटै छानामुनी स्वदेशी तथा विदेशी उत्पादनहरुको अवलोकनका लागि महोत्सव प्रभावकारी हुने बताए ।

उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताएका छन् । उनले बिर्तामोडमा आयोजना हुने व्यापार महोत्सवले अन्तराष्ट्रियस्तरमा प्रभाव पार्ने भन्दै सफल बनाउन सबैलाई आग्रह गरेका छन् । केन्द्रीय सदस्य डालमियाले आर्थिक मन्दीका कारण निजी क्षेत्र ठुलो समस्या परेको बताए । महोत्सवले आर्थिक मन्दीको ठुलो समस्यालाई केहि मात्रामा समाधान गर्न सहयोग पुग्ने बताएका छन् ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटीले बिर्तामोडको समग्र व्यवसायी र निजी क्षेत्रलाई महोत्सवले धेरै फाइदा पुग्ने बताएका छन् । उनले सबैको सहयोगबाट महोत्सव सफल हुने भन्दै सकारात्मक सहयोगका लागि आव्हान समेत गरेका छन् ।

व्यापार महोत्सवमा राखिने अधिकांश स्टलहरुलाई ०७५ कै शुल्क लिइने जानकारी दिएको छ । हाल सम्मको तयारी अनुसार प्रतिव्यक्ति १ सय रुपैयाँ प्रवेश शुल्क लिने तयारी छ । सामुदायिक विधालयका विद्यार्थी, ज्येष्ठ नागरिकलाई निशुल्क र निजी विद्यालयका विद्यार्थीहरुलाई ५० रुपैयाँ लिइने संयोजक न्यापानेले जानकारी दिए । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टलहरु रहनेछन् । आयोजकका अनुसार ४५ करोड कारोवार हुने र ३ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनी तथा विक्रिकक्षमा, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र, प्रदर्शनी कक्षमा २ वटा हेंगर बनाई अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलोक्ट्रोनिक तथा आइटी, निर्माण सामग्री, अन्तराष्ट्रिय औधोगिकरण उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्य सामान, तयारी पोशाक, जुत्ताचप्पल प्रदर्शनका लागि राखिनेछ ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]