बैशाख ८, २०८१ शनिबार

सालबारीको पोखरीमा डुबेकालाई सेना र प्रहरीद्वारा उद्दार

अर्जुनधारा । अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनिकरण दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले एक दिने उद्दार कला सम्बन्धी प्रदर्शनी गरेको छ । प्रदर्शनीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाढीमा डुबेका मानिसलाई गर्ने उद्दार कला प्रस्तुत गरेका छन् ।

नगरपालिकाको सालबारी झिलमा आयोजना गरेको कार्यक्रममा नयाँ श्रीनाथ गणको टोलीले डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला प्रस्तुत गरेका थिए । यसैगरी नेपाल प्रहरीको टोलीले उद्दारका क्रममा हुन सक्ने दुर्घटना र त्यसबाट बच्ने उपायका बारेमा प्रदर्शनी गरेको थियो ।

गत बर्ष नै आयोजना हुने भनिएको प्रदर्शनीको अघिल्लो दिन शसस्त्र प्रहरीको एक जना गोताखोरको मृत्यु भएपछि स्थगित भएको थियो । त्यसबर्ष स्थगित भएको प्रदर्शनी यसबर्ष आयोजना गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । उनले धेरै वटा खोलानाला भएको नगरपालिका भएको हुनाले त्यसबाट हुनसक्ने सम्भावित जोखिम कम गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]