बैशाख ८, २०८१ शनिबार

सुरुङामा सन्थाल नृत्य प्रतियोगिता

सिएम शर्मा

सुरुङ्गा । बर्षैपिच्छे दशैंको अवसर पारेर योगमाया पार्क दुर्गा मन्दिरद्वारा गरिदै आएको सन्थाल नृत्य प्रतियोगिता यस बर्ष ज्ञान ज्योति युवा क्लबले गरेको छ ।

कनकाई नगरपालिका–३ योगमाया पार्कमा रहेको दुर्गा मन्दिरमा शनिबार पुजा अर्चनापछि कनकाई माबिको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियोे । नेपालीको मौलिक कला संस्कृति परम्परा रितिरिवाजको संरक्षण गर्ने हेतुले आयोजना गरिएको यस कार्यक्रमलाई क्लबको वार्षिक कार्यक्रमको रुपमा आगामी बर्षहरुमा पनि गरिदैं जाने क्लबका अध्यक्ष नवीन सेडाईले बताएका छन् ।

प्रतियोगितामा झापा र मोरङबाट गरि १० वटा सामुहिक र ४ वटा एकल नृत्य गरी जम्मा १४ वटा प्रतियोगी टिम रहेका थिए । प्रतियोगी सबैले मौलिक बाजागाजाको सुरतालमा भेषभुषा , कला , सस्कृति ,रितिरिवाज र राष्ट्रियता झल्कने गरिको नृत्य प्रस्तुत गरेका थिए भने प्रतियोगितामा राम मर्डिको नेतृत्वमा ७० जनाको समुहमा रहेको जियोड झरना समुह कोरोबारी गौरीगञ्जले प्रथम, सुमन सोरेनको नेतृत्वमा ८० जनाको समुहमा रहेको झापा गाउँपालिका–७ को मदरगाछ संथाल अखडा द्वितीय , त्यस्तै कृष्ण टुडुको नेतृत्वमा ७० जनाको समुहमा रहेको झापा गाउँपालिका २ को आदिवासी संथाल नृत्य टोली तृतीय भएको थियोे ।

प्रथम हुने समुहलाई कनपा–३ निवासी बद्री संग्रौलाको प्रायोजनमा रहेको २५ हजार नगद , द्वितीय हुने समुहलाई कनपा–३ निवासी भद्र चुडालको प्रायोजनमा रहेको १५ हजार नगद र तृतीय हुने समुहलाई कनपा–३ निवासी विमल संङ्ग्रौलाको प्रायोजनमा रहेको १० हजार नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रदेश संसद हिरा कुमार थापा , कार्यक्रमका अध्यक्ष तथा ज्ञान ज्योति युवा क्लबका अध्यक्ष नवीन सेडाई , प्रायोजकहरु र अतिथिहरुबाट प्रदान गरिएको थियो ।

यसैबिच आगामी सबै बर्षहरुमा क्लबले आयोजा गर्ने सन्थाल नृत्य प्रतियोगिताको प्रथम पुरस्कार हाल वैदेशिक रोजगारीका शिलशिलामा अमेरिकामा रहनुहुने बद्री संग्रौलले र दोस्रो पुरस्कार वैदेशिक रोजगारी मै रहेका भद्र चुडालले प्रायोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगितामा सुनिल भेट्वाल , राजन शिवाकोटी , रेवत गौतम , पुष्प संग्रौला , माधव भेट्वाल, तेजबहादुर आचार्य, सुन्दर हेमरम , जनता सोरेन , बद्री संग्रौलाको निर्णायक टोलीले प्रथम , द्वितीय , तृतीय र सान्तवना छनौट गरेकोे थियोे । त्यसैगरी महिला मुना हेमरमको नेतृत्वमा १७ जनाको समूह भित्र १४ जना महिलाको समेत सहभागिता रहेको कनपा–२ को बुरू झरना महिला पुरुष समुहलाई महिला प्रोत्साहन सहित सान्त्वना पुरस्कार स्वरूप ७ हजार नगद प्रदान गरिएको थियो भने सहभागी बाँकी सबै समुहलाई समुहगत ५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको थियोे । एकल नृत्यमा रहेका ४ जनालाई भने जनही ५ सयका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको थियोे ।

उक्त सान्त्वना पुरस्कारका लागि गणेश चुडालले १० हजार , काजी संङ्ग्रौला , उत्तम सेडाई , ख्याम ओली , डम्बर फुयाल , निलम थपलिया , रविन थापा , प्रकाश सेडाई , दिनेश कुमार उप्रेती , कुमारमणि पोखरेल र नारायण भेट्वालले जनही ५ हजारका दरले सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले आगामी दिनमा यस्ता कला , सस्कृति ,रितिरिवाज र राष्ट्रियता झल्कने किसिमका कार्यक्रम जगेर्ना लागि ठोस योजना सहितको कार्यक्रम लिएर आए यस क्लबलाई निर्वाचन क्षेत्र विकास कोषबाट कार्यक्रमको आकार प्रकार हेरी दस लाख रुपैयाँसम्मको रकम उपलब्ध गराउने वचन दिएका छन् । साथै यस्ता कार्यक्रममा महिला पनि सरिक हुनु र गराउनु पर्ने कुरामा जोड दिएका छन् ।

कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल र वडा अध्यक्षको तर्फबाट कृष्ण राईले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कनपा प्रमुख राजेन्द्र पोखरेल, ख्याम ओली , मान्ता खरेल , अम्बर कार्की , नारायण पोखरेल , ज्योति कुमार उप्रेती , देवि खरेल , पुण्य सिटौला , पदम लिम्बू ,ओम पाठक , झलक सिटौला , रवीन्द्र लम्साल , देविमाया दाहाल लगायतको उपस्थिति रहेको थियो भने स्वागत क्लबका संस्थापक अध्यक्ष सुनिल भेट्वालले र सञ्चालन संस्थापक सह सचिव छवि थपलियाले गरेका थिए ।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]