माघ २३, २०७९ सोमबार

बिर्तामोड २ मा बालमैत्री स्थानीय शासन वडा समिति घोषणा

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ ।
वडालाई बालमैत्री बनाउने उदेश्य अनुसार बुधबार एक कार्यक्रमका बिच वडा कार्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षमा १५ सदस्यीय समिति घोषणा गरिएको हो ।

समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रमका संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल बिकास संस्था ,जनप्रतिनिधि ,बिद्यालय प्रतिनिधि ,बाल क्लब लगायतको उपस्थिति रहेको थियो ।

नव गठित वडा समितिको सदस्यमा तिला गौतम ,सर्मिला त्रिखत्री ,ओमनाथ गौतम ,चेतन बिमली ,प्रतिमा गौतम ,शारदा शिवाकोटी ,किरण पौडेल ,दिबाङ्कर मैनाली ,लक्ष्मण दाहाल ,पुनम अधिकारी ,संगम ओली ,आसिका प्रसाई,सुब्रत न्यौपाने र सदस्य सचिवमा वडा सचिब हिमा पोख्रेल चयन भएका छन् ।

कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ ,वीर अमरसिंहका यदुनाथ अधिकारी ,प्रबिण सिटौला ,स्वास्थ प्रमुख प्रतिमा गौतम र बाल क्लब अध्यक्ष पुनम अधिकारीले बाल मैत्री वडा निर्माणमा आफ्नो सहभागी र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रम बोल्दै वडा पौडेलले बालबालिकाको समग्र बिकासमा लाग्न आग्रह गर्दै बाल कोष स्थापना गर्दै बालबालिकाको हरेक समस्यामा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा उनले वडा र ब्यक्तिगत रुपमा ३० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस्तै कार्यक्रमका अध्यक्ष न्यौपानेले शिक्षा सहकारी बालबालिकाको लागि निरन्तर गतिविधि गर्दै आएकाले आफ्नो तर्फबाट कोषलाई ब्यबस्थित गर्न संस्थागत सहयोग गर्ने बताए ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास