बैशाख ६, २०८१ बिहीबार

प्रजापति सामुदायिक वनको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

कनकाई । झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वनमा निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

गत पौष २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सुर्यकुमार थापाले एक कार्यक्रमका विच सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणसँगै नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ । निर्वाचन समितिका संयोजक थापाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निर्वाचन समिति सदस्य बिमला अधिकारीले सहभागी सबैलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा निवर्तमान समितिका कार्यबाहक अध्यक्ष दलबहादु वि.क.ले नवनिर्वाचित अध्यक्ष मातृका पोखरेललाई संस्थाको तर्फबाट अध्यक्षले प्रयोग गर्ने आवश्यक सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै निवर्तमान सचिव गोमा अधिकारी खबासले नवनिर्वाचित सचिव दलबहादुर बि.क.लाई संस्थाको माइन्युट हस्तान्तरण गरेकी थिइन् । यसै अवसरमा निवर्तमान समितिका सम्पूर्ण पदाधिकारी साथै सदस्यहरुलाई विदाई साथै नवनिर्वाचित समितिलाई स्वागत सम्मान गरिएको निर्वाचन समितिका सचिव षडानन्द पोखरेल(शम्भु) ले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक थापाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन निर्वाचन समितिका सचिव पोखरेलले गरेका थिए । कार्यक्रममा निर्वाचन समितिका तर्फबाट भएको खर्च विवरण समितिका सदस्य साथै प्रजापति सामुदायिक वनका लेखा संयोजक लक्ष्मी अधिकारीले सार्वजनिक गरेका थिए ।

पदभार ग्रहण गर्ने नवनिर्वाचित समितिमा अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष प्रमिला डाँगी, सचिव दलबहादुर बि.क., सहसचिव लालवहादुर इदिङ्गो, कोषाध्यक्ष गोमा अधिकारी खबास रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः जंगवहादुर वि.क., टिकादेवी पिठाकोटे, ओमप्रकाश दुलाल, तेजकुमारी बुढाथोकी, खुमा सिग्देल(खुस्बु), गुरुभक्त दंगाल,अमृतकुमार गिरी र दिपा कट्टेल दहाल रहेका छन् ।

दुई चरणमा भएको कार्यक्रमको दोस्रो चरण नवनिर्वाचित अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो । षडानन्द पोखरेल(शम्भु)ले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई–१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, वन समूहका पूर्व अध्यक्ष दुर्गाप्रसाद निरौला, जामुनबारी सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौला, राजनीतिक दलका तर्फबाट एमाले कनकाई–१ का वडाअध्यक्ष डिल्लीरमण भट्टराई लगायतले नवनिर्वाचित समितिको कार्यकाल थप रचनात्मक बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]