बैशाख १३, २०८१ बिहीबार

अर्जुनधारा प्रेस क्लबको भवन निमार्ण समिति बन्यो

शनिश्चरे । अर्जुनधारा प्रेस क्लब झापाको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ । क्लबका अध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति बनेको हो ।

क्लबको आज बसेको बैठकले समितिमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, सल्लाहकार दिपिन राई, उपाध्यक्ष प्रेम आचार्य, सचिव नरेश खाती, कोषाध्यक्ष पुष्पा जवेगु र सदस्य मनिता योञ्जन सदस्य रहेका छन् ।

समितिले अर्जुनधारा ८ मा क्लबको कार्यालय भवन निर्माणका लागि काम गर्ने बताइएको छ । कार्यालय भवन निर्माणका लागि दाताबाट ९.५ धुर जग्गा प्राप्ति भइसकेको छ ।

बैठकले स्थानीय सरकार र प्रदेश सरकारलाई भवन निर्माणमा सहयोगका लागि प्रस्तावसहित अनुरोध गर्ने निर्ण पनि गरेको क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक रमेश समदर्शीले बताए ।

यसैबीच, निवर्तमान अध्यक्ष भट्टराईले क्लबको नाममा रहेको जग्गा धनीपूर्जा, संस्थाको विधानलगायत कागजात हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]