बैशाख २४, २०८२ बुधबार

झापाका ‘काले’ अग्रवाल सुन तस्करीको अभियोगमा पक्राउ

बिर्तामोड । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका झापाका एकजना अभियुक्त पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाललाई प्रहरीले समातेको हो ।

?????????????????????????????????????????????????????????

कालु, काले तथा किसनजस्ता उपनामले चिनिदै आएका अग्रवाल दुबईमा लुकेर बस्दै आएका थिए । सुन तस्करी गिरोहका नाइके भनिएका अग्रवाललाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक भएको प्रहरी दावी छ ।

दुई साताअघि पक्राउ परेका अग्रवाललाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाल प्रहरीले खोजी सुरु गरेलगत्तै उनी गत वर्ष दुबई भागेका थिए । यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए । प्रहरीका सहप्रवक्ता तथा इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा पक्राउ परेका अभियुक्तलाई नेपाल ल्याउने प्रक्रिया लम्बिएको बताए ।

सुन तस्करी मुद्दामा १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् । झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएकोमा अहिलेसम्म पक्राउ गरिएको छैन । त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । बिबेचनाबाट

प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]