जेष्ठ १, २०८२ बुधबार

प्रति तोला ७ सयले बढ्यो सुनको मूल्य

झापा । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार  १२ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]