बैशाख १२, २०८१ बुधबार

विभिन्न स्थानबाट अवैध सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ ।

प्रहरीले शुक्रबार मेचीनगर ६ स्थित बसपार्कमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको करिब रु ५० हजारको किराना सामान नियन्त्रणमा लिएको थियो ।

त्यसै गरी शनिबार दमक ७ स्थित पशुहाट डाँडामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको करिब एक लाख ५० हजार बराबरको १३५ जोर जुत्ता नियन्त्रणमा लिएको थियो ।

त्यरी नै जिल्ला प्रहरी कार्यालय झापा र महारानीझोडा प्रहरी चौकीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गौरादह ४ स्थित मिलन चौकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउदै गरेको करिब रु २८ हजार बराबरको ७ बोरा चिनी, करिब रु चार हजार बराबरको २ कार्टनु बिडी गरी जम्मा रु ३२हजारको सामान नियन्त्रणमा लिएको थियो ।

विभिन्न ठाउँबाट बरामद गरिएको उक्त सामान जिल्ला प्रहरी कार्यालयले मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वसन्तपाठकले जानकारी दिए ।

 

 

प्रकाशित मिति : माघ ८, २०७९ आईतबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]