चैत्र १५, २०८० बिहीबार

किन रोपियो सुनमाईमा बीच सडकमै केरा ?

बिर्तामोड । मेची राजमार्ग अन्तर्गत पर्ने बुद्धशान्ति –७ सुनमाई मन्दिर चोकको राजमार्गमा स्थानीयले सडक बीचमै केराको रोपेका दिएका छन् । साडक बिग्रिएर दुर्घटनाको उच्च जोखिम हुँदा पनि सम्बन्धित निकायलले वास्ता नगरेपछि बिरोध स्वरुप बीच सडक मै केरा रोपिएको हो ।

स्थानीय नागरिकहरुले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछी स्थानीय भेला भई बिरोध जनाउँदै बीच सडकम केरा रोपेका छन् ।

केही दिन अघि मात्रै सो स्थानमा एक व्यक्ती दुर्घटनामा परि घाइते भएका थिए । उक्त स्थानमा दुर्घटना भएसक्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको र बिग्रेको लामो समयसम्म पनि मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै स्थानीय सरकारलाई दवाब दिन बीच सडकमै केराको बोट रोपेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : माघ ८, २०७९ आईतबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]