बैशाख १२, २०८१ बुधबार

वाटर किंगडम पार्कमा महोत्सव हुँदै

बिर्तामोड । शिवसताक्षी नगरपालिका–८ मा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको छ ।

आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म ‘वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना गरिने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपीलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक राजकुमार संग्रौलाले बताए ।

उनले महोत्सवमा प्रत्येक दिन अलग अलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियारहरुको प्रदर्शनी गरिने जानकारी दिए । महोत्सव अवधिभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइनेछ ।

उनले महोत्सवको अन्तिम दिन पूर्व मै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उनको भनाई छ । उनका अनुसार महोत्सव अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटक पार्कमा भित्र्याउने लक्ष्य छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट करिब ५०० मिटर दक्षिणमा अवस्थित पार्कमा वि.सं. २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब रु ६० करोडको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक बर्षमा एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।

उनले युवाहरुलाई समयसापेक्ष व्यवसायिक सीपका माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिष्टालगायतका सीटिइभीटीबाट मान्यताप्राप्त व्यवसायिक कोषको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।

पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइकिलिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिइने गरिएको उहाँको भनाई छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।

महोत्सव अवधिभर विएण्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : माघ ८, २०७९ आईतबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]