बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा पीडितलाई होप मेनपावरको धम्की : ‘म विदेश जान्न, मेरो पैसा फिर्ता होस् ’

बिर्तामोड । परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर परदेश उडेका बिर्तामोड–३ बुद्धनगरका सफिर शेख गत बिहीवार घर फर्किए । सन् २०१८ नोभेम्वर २६ मा उडेका शेख सपना अपुरै बोकेर फर्किए पछि ऋणको तनावमा परेका छन् ।


खड्का

यहाँ फर्निचरमा काम गरिरहेका शेख धेरै पैसा कमाउने र बचत गर्ने योजना सहित उडेका थिए । तर, उनी कार्यरत कम्पनी बन्द भएपछि अलपत्र परे । आठ महिनासम्म काम गरेका उनले तिन महिनाको बेसिक तलव मात्र पाए । कम्पनीले ५ महिनाको तलव समेत दिएन ।

शेखले भने, – तिन महिना अलपत्र हुँदा पठाउने मेनपावरले समेत वेवास्था ग¥यो । उनी बिर्तामोडस्थित होप इन्टरनेशनल मेनपावर प्रालिबाट वैदेशिक रोजगारीमा गएका हुन् । शेखले सो मेनपावरका बिर्तामोड सम्पर्क व्यक्ति जीवन खड्का मार्फत वैदेशिक रोजगारीमा गएको जानकारी दिए । खड्कालाई १ लाख ५ हजार तिरेर कतार गएको शेखले बताए ।

वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेका शेखले लगानी वापतको रकम फिर्ता दिन खड्कालाई आग्रह गरेका छन् । तर, ५ वर्षदेखि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत खड्काले शेखलाई उल्टै धम्क्याएर के गर्न सक्छौं गर भन्दै पठाएको पीडितको गुनासो छ । परदेश उड्न उनले साथीभाईबाट लिएको १ लाख १० हजार ऋण मध्ये ९० हजार तिर्न बाँकी छ । व्याजमा लिएको ऋण तिर्न सक्दिन, शेखले भने – मेनपावरले मेरो पैसा फिर्ता गरोस् ।

फिनिसिङ कार्पेन्टरको काम भन्दै पठाए पनि त्यहाँ फलामको काम गर्नु परेको उनको दुखेसो छ । मैले तलव पाइन, बस्न, खानै समस्या भयो– शेख भन्छन्, यो मेनपावरले पठाएको धेरैको विचल्ली भएको छ ।
यता, मेनपावरका सम्पर्क व्यक्ति खड्काले संभावित जोखिम बारे आफुलाई थाहा नहुने बताएका छन् । उनले तत्काल लगानी फिर्ता गर्न नसक्ने जानकारी दिए । समस्या समाधानका लागि खड्काले ६ महिना पछि निशुल्क वैदेशिक रोजगारीमा पठाउने बताइरहेका छन् । पीडित शेखले भनेका छन्, यस्तो धोका दिने मेनपावरबाट जान्न । अब म विदेश नै जान्न, मेरो पैसा फिर्ता हुनुपर्छ ।

बिर्तामोडको पश्चिम स्टेण्डदेखि दक्षिणमा रहेको सो मेनपावरले शेखलाई काठमाडौको टान्जेन्ट इन्टरनेशनल सर्भिस प्रालि मार्फत पठाएको कागजात फेला परेको छ । खड्काले यहाँ कामदार संकलन गर्ने र विभिन्न मेनपावर मार्फत कमिशन खाएर पठाउने गरेको पाइएको छ । उनले रोजगारीमा जानेसँग विना कागजात रकम लिने गरेको समेत भेटिएको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]