चैत्र १६, २०८० शुक्रबार

‘भुल्न गारो भो’ सार्वजनिक

बिर्तामोड । झापाका सञ्चारकर्मी तथा गायक प्रविन बिसीको ‘भुल्न गारो भो’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक बिसीले हाईलाईट नेपाल युट्युव म्युजिक च्यानल मार्फत पहिलो कोशेली स्वरुप उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गायक प्रविन बिसीको स्वर, शब्द र संगीत रहेको भिडियोमा विशाल बिसी, सविना राउत, योगेश भण्डारी, अनुपा राई, धड्कन शर्मा, नरेश गुरुङ, ललित राईलगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा निर्माण गायक बिसी र धड्कन शर्माले गरेका हुन् ।

पछिल्लो समय युवापुस्ता माझ जोडिने प्रेम सम्बन्धमा देखिने असावधानी र अविश्वासबाट उत्पन्न समस्या र परिणामबारे गीत मार्फत प्रस्तुत गर्न खोजिएको गायक बिसीले बताए । उनले संगीत क्षेत्रको गहन अध्ययन र अभ्यासपछि आफूले गीत ल्याएकोले गीतको मर्म र भावले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरे ।युवा गायक उनी सञ्चार कर्मसँगै संगीत साधनामा संलग्न छन् ।

झापाका मुख्य पर्यटकीय स्थल, चन्द्रागिरी र विभिन्न मनमोहक स्थलहरुको दृश्य रहेको भिडियोमा कलाकारहरुको आकर्षक प्रस्तुति रहेको छ । रविन जुनियरको छायांकन रहेको उक्त म्युजिक भिडियो रविन जुनियरले नै सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]