बैशाख ८, २०८१ शनिबार

झापाका १५ वटै स्थानीय तहको आयोजनामा १०८ कुण्डको कोटिहोम सफल बनाउने तयारी

विनोद सापकोटा

झापा । झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ ।
माहाभारतकालिन ईतिहाससँग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको
कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछि सरकारी
स्तरबाटै आयोजना हुन लागेको बताईएको छ । यसअघि गोलोक गोवद्र्धन गौसालाले कोटिहोमको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौसालाले जिल्लाका सवै स्थानीय सरकारसँग यसअघि गरेको छलफलले उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्द किशोर भारद्धाजले जानकारी दिएका छन् ।

शिवसताक्षी नगरपालिकामा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र
प्रमुख प्रसासकीय अधिकृतको बैठकले सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डको
कोटिहोम मुल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । शिवसताक्षी
नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा सहसंयोजक रहेको सो समितिमा सतासीधाम मन्दिर बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा सदस्य सचिव चयन भएका छन् ।

जिल्लाका १४ वटा स्थानीय तहका प्रमुख र १५ वटा स्थानीय तहका उपप्रमुख आयोजक
समितिको सदस्यमा चयन भएका छन् । यस्तै झापाका प्रमुख जिल्ला अधिकारी
उदयवहादुर राणा र जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक दिनेश राज
मैनाली सहित जिल्लास्थित सरकारी कार्यलयका प्रमुख कोटिहोम आयोजक मुल
समारोह समितिको सदस्यमा चयन भएका छन् ।

यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर १ देखी ४ सम्मका संघीय साँसद र जिल्लाका
१० वटै प्रदेश सभाका सदस्य सल्लाहकार समितिमा चयन भएका छन् ।
कार्तिक २७ देखी मंसिर ९ गते सम्म आयोजना हुने सताक्षीधाम धार्मीक महोत्सव
एव १०८ कुण्डको कोटिहोमको उद्धघाटन नवगठित आयोजक समितिले राष्ट्रपति
विद्यादेवी भण्डारीबाट उद्धघाटन गराउने गरी आजै देखी तयारी शुरु गरेको
आयोजक समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए ।

पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना हुन लागेको सो कार्यक्रममा श्रीमद्देवीभागवत
संगितमय कथा समेत हुने गोलोक गोवद्र्धन गौसालाका अध्यक्ष तथा सताक्षीधाम धार्मीक
महोत्सव एव १०८ कुण्डीय कोटिहोमका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले
बताएका छन् ।

सरकारले सन २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा
झापामा भने स्थानीय तह मिलेर धार्मीक महोत्सवको आयोजना गर्न लागेका हुन । ‘यो कार्यक्रमले विश्वमा विषेश महत्व राख्छ,’ आयोजक समितिका संयोजक पोर्तेलले भने ‘कोटिहोमकै माध्यमबाट झापाका पर्यटकीय क्षेत्रमा हामी ३० हजार विदेशी पर्यटक भित्र्याउने तयारी गरेका छौ ।’

आयोजक समितिका सह संयोजक तथा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा सरकारी स्तरबाट आयोजना हुन लागेको यस्तो कार्यक्रमले नेपालीको परम्परा रितिरिवाज,मौलिकता र धार्मीक एकता कायम राख्ने बताए । उनले भने, ‘शिवसताक्षी नगरकै भुमिमा जिल्लाका सवै स्थानीय तह मिलेर आयोजना गर्न लागेको धार्मीक कार्यक्रमले नगरको पहिचान स्थापित हुने र जिल्लाका सवै पर्यटकीय क्षेत्रको प्रचार हुने छ ।’

सताक्षीधाममा आयोजना हुने धार्मीक महोत्सवमा विदेशका १५ सय भिआईपि र ३० हजार सर्वसाधरण पर्यटक आउने आयोजकको लक्ष्य रहेको छ । यस्तै नेपालका करिव ५ लाख आन्तरिक पर्यटक सताक्षीधाम मा आउने वातावरण हुने आयोजक समितिका सह संयोजक शेर्माले बताएका छन् । । ‘शिवसताक्षी नगरमै राष्ट्रिय स्तरको धार्मीक कार्यक्रमले झापाको मात्र होईन मुलुककै गौरव बढ्नेमा विमती छै,’ उनले भने ।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]